काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूलाई विभिन्न विभागको जिम्मेवारी दिएका छन् ।
पार्टीको विधान बमोजिम केही विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष लिङ्देनले हेरफेर गरेका हुन् ।
पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी पार्टी अध्यक्ष लिङ्देन आफैंले राखेका छन् ।
संयोजित संगठन समन्वय विभागको प्रमुखमा प्रवक्ता गोपाल दाहाललाई तोकिएको छ । उता सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सह-महामन्त्री धनबहादुर बुढा जिम्मेवारी दिइएको छ ।
लिङ्देनले युवा विभागको प्रमुखमा सह-महामन्त्री प्रकाश रिमाललाई चयन गरेका प्रवक्ता श्रेष्ठले शुक्रबार जानकारी दिए ।
प्रतिक्रिया