बार्सिलोना बिल्बाओसँग हार्‍यो « Khabarhub

बार्सिलोना बिल्बाओसँग हार्‍यो


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस लिगको नयाँ सिजनमा साविक विजेता बार्सिलोना एथ्लेटिको बिल्बाओसँग पराजित भएको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोना १–० ले पराजित भएको हो ।

खेलको ८९ औ मिनेटमा घरेलु टोलीका लागि अरित्ज अडुरिजले विजयी गोल गरेका थिए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले प्रहारमै गोल गरेका थिए । ३८ बर्षका खेलाडीले यसै सिजनको अन्तिमबाट खेल जिवनबाट सन्यास लिदैछन् ।

लुईस स्वारेज र राफिन्हाले बार्सिलोनका लागि राम्रो प्रर्दशन गरेका थिए । तर यसै सिजन १ सय ७ मिलियन पाउण्डमा क्लब आएका एन्टोनी ग्रिजम्यान भने आफ्नो प्रभाव छाड्न असफल रहे ।

पिँडुलाको चोटका कारण लियोनल मेस्सी अनुपस्थित रहेको खेलमा फिलिप कौटिन्हो समेत मैदान उत्रिएनन् । उनी पछिल्लो समय जर्मन क्लब बार्यन म्युनिखमा लोनमा जादैछन् । स्वारेजले समेत पहिलो हाफको खेलमा चोट बोकेका थिए ।

ईर्नेस्टो भाल्भर्डेको टिम लगातार तेस्रो पटक स्पेनिस लिगको उपाधि उचाल्ने लक्ष्य सहित मैदान उत्रिएको थियो । तर लिगको पहिलो खेलमा बार्साले अप्रत्यासित हार ब्यहोर्न बाध्य भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ६ : ४२ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट