दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित « Khabarhub

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँं– दक्षिण अफ्रिकी संसदले शुक्रबार सातौं संसद्को राष्ट्रियसभाको पहिलो बैठकमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेस (एएनसी) का अध्यक्ष सिरिल रामाफोसालाई राष्ट्रपतिको रूपमा पुनः निर्वाचित गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत दक्षिण अफ्रिकाको सत्तारुढ दल एएनसीले रामाफोसा पुनःराष्ट्रपतिको रूपमा निर्वाचित भएको खुलासा गरेको छ ।

‘केपटाउन अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टरमा आयोजित ७औँ लोकतान्त्रिक संसद्को राष्ट्रियसभाको पहिलो बैठकबाट माननीय सिरिल रामाफोसा दक्षिण अफ्रिका गणतन्त्रको राष्ट्रपतिको रूपमा पुनः निर्वाचित हुनुभएको छ’, एएनसीले भन्यो ।

दक्षिण अफ्रिकाको अफ्रिकी राष्ट्रिय काङ्ग्रेस पार्टीले दुई हप्ताअघि भएको चुनावमा एएनसीले ३० वर्षको बहुमत गुमाएपछि बिहीबार मुख्य विपक्षी र अन्य दलसँग गठबन्धन सरकार गठन गर्न र राजनीतिक गतिरोध अन्त्य गर्न सहमति भएको स्थानीय समाचार माध्यमले जनाएको छ ।

राष्ट्रपतिको रूपमा रामाफोसाको यो दोस्रो कार्यकाल रहेको दक्षिण अफ्रिकाको समाचार एजेन्सीले बताएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ४ : १६ बजे

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

गोरखा– पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल