शेखरको दाबी : गिरीबन्धुको कुरा उठाएपछि बालेनलाई तह लगाउन नेताहरूले छलफल गरे « Khabarhub

शेखरको दाबी : गिरीबन्धुको कुरा उठाएपछि बालेनलाई तह लगाउन नेताहरूले छलफल गरे


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धुको कुरा उठाएपछि तीन वटै नेता बालुवाटारमा बैठक बसेको दाबी गरेका छन् ।

उनले एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेता बसेर बालेनलाई कसरी तह लगाउने भनेर छलफल गरेको दाबी गरेका हुन् ।

जनकपुरमा आयोजित स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘भ्रष्टाचार बढेको बढ्यै छ । कहीँ कतै पनि भ्रष्टाचारमा कमी आएको म देख्दिनँ । दुर्भाग्य भन्नुपर्छ, कहीँ कतै कुनै शीर्ष नेतालाई कुनै ठाउँबाट, अस्ति बालेनजीले गिरीबन्धुको कुरा निकालिदिनुभयो । त्यसको भोलिपल्टै तीन वटै नेता बालुवाटारमा बस्नुभयो, बालेनलाई कसरी तह लगाउने भनेर ।’

बालेनले एमाले अध्यक्ष ओलीले गिरीबन्धुमा अनियमितता गरेको स्टाटस लेखेका थिए ।

त्यसपछि एमाले र बालेन शाहबीच आन्तरिक द्धन्द चर्किएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ४ : ४७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन