'महिलाले नेतृत्व र नीतिगत निर्णयमा अवसर नपाए एक तिहाइको अर्थ रहँदैन'  | Khabarhub Khabarhub

‘महिलाले नेतृत्व र नीतिगत निर्णयमा अवसर नपाए एक तिहाइको अर्थ रहँदैन’ 


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले मुलुकको हरेक संरचनामा एक तिहाइ महिलाहरूको सहभागिता प्रतिनिधित्वका लागि मात्र नभइ नेतृत्व र नीतिगत निर्णय लिनसक्ने भूमिका खोजीका लागि भएको दाबी गरेकी छन् ।

नेपाली कांग्रेस धनुषा प्रशिक्षण शाखाले शनिबार आयोजना गरेको महिला सशक्तीकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै डा. संग्रौलाले महिलाहरूलाई प्रतिनिधित्वका नाममा सहभागिता मात्र गराइनुले महिलाहरूको उत्थान नहुने बताइन ।

उनले भनिन्, ‘एक तिहाइ संविधानले दियो, पार्टीको संरचनामा एक तिहाइ छौं । तर हामी डाडुपन्यु चलाउने ठाउँमा पुगेनौं । नीति बनाउने ठाउँमा पुगेनौं । त्यसैले हामीले खोजेको एक तिहाइ पदाधिकारीसहितको अर्थपूर्ण हो । निर्णय गर्ने ठाउँका लागि हो ।’

एक तिहाइका नाममा महिलालाई कमजोर बनाउन खोजेको उल्लेख गर्दै उनले समानुपातिकतर्फ एकतिहाइ पुर्याउने तर प्रत्यक्षमा चुनाव लड्नका लागि टिकट नदिएर महिलाहरूमाथि अन्याय भएको बताइन । 

उनले भनिन, ‘महिलाहरुलाई स्थानीय तहमा उपमेयर र उपाध्यक्षमा टिकट दिने तर अध्यक्षमा नदिएर लैगिंक विभेद भएको छ । महिलाहरुको क्षमता र योग्यताको अपमान भएको छ । त्यसैले अब महिलाहरू एक तिहाइका नाममा खुम्चिनु हुँदैन ।’

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : १० बजे

काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काभ्रे– काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । काभ्रेका

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती