प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ : महानिरीक्षक कुँवर « Khabarhub

प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ : महानिरीक्षक कुँवर


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन अतिआवश्यक रहेको बताएका छन् ।

काठमाडौँको बूढानीलकण्ठस्थित नेपाल विपस्यना केन्द्रमा आज १० दिवसीय विपस्यना ध्यान शिविरको समापनका अवसरमा महानिरीक्षक कुँवरले कार्यक्रममा सहभागी प्रहरी निरीक्षकको जागिरे जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत आध्यात्मिक चिन्तनले प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।

उनले प्रहरीको जीवनशैली चुनौतीपूर्ण रहेको उल्लेख गर्दै विभिन्न कठिनाइहरूको सामना गर्नु अगाडि आत्मचिन्तन, आत्मानुभूति र तनावमुक्त हुन पाउनु एउटा अमूल्य अवसर रहेको उल्लेख गरे। 

कार्यक्रममा अवकाशप्राप्त प्रहरी महानिरीक्षक कुवेरसिंह राना र नेपाल विपस्यना केन्द्रका क्षेत्रीय आचार्य डा रूप ज्योतिले ध्यान शिविरको महत्वलगायत विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको समन्वयमा जेठ २२ गतेदेखि सञ्चालित शिविरमा हालै दीक्षित प्रहरी निरीक्षक आधारभूत तालिम १८२औँ समूहका एक सय ४६ जनाको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ७ : ३६ बजे

९ वर्षपछि ठूलो पर्दामा गरिमाको ‘कम ब्याक’, भुवनसँग जोडी

काठमाडौं – चरित्र नायिकाको छवि बनाएकी गरिमा शर्मा ९ वर्षको

१५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक एक घण्टासम्म पनि सुरु हुन सकेन

काठमाडौं– १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक एक घण्टा

प्रधानमन्त्रीलाई लक्षित गर्दै ज्ञानेन्द्र शाहीले भने- ‘सत्ता तपाईंसँग छ’ भन्दै संसद्लाई बेवास्ता गर्न पाइँदैन

काठमाडौं – प्रतिनिधिसभा सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौं– राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ ।

दक्षिण भारतमा भारी वर्षाका, छ जनाको मृत्यु

एजेन्सी– भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको