युरोकपमा स्वीट्जरल्याण्डको विजयी सुरुवात « Khabarhub

युरोकपमा स्वीट्जरल्याण्डको विजयी सुरुवात


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकप फुटबलमा स्वीट्जरल्याण्डले विजयी शुरुवात गरेको छ । शनिबार साँझ सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा हंगेरीलाई ३–१ गोल अन्तरले हराउँदै स्वीट्जरल्याण्ड विजयी भएको हो ।

स्वीट्जरल्याण्डको जितमा क्वाडवो दुआह, माइकल अबिचेर र बरील एम्बोलोले एक–एक गोल गरेका थिए ।

स्वीट्जरल्याण्डले दुई गोल पहिलो हाफमा गरेको थियो भने तेस्रो गोल दोस्रो हाफमा गरेको थियो । त्यस्तै हंगेरीका बार्नाबास भार्गाले खेलको ६६औ मिनेटमा एक गोल फर्काएका थिए ।

यो जितपछि स्वीट्जरल्याण्डले पहिलो खेलमा जित हासिल गरेर ३ अंक जोडेको छ । यसै समूहमा रहेको आयोजक जर्मनीले पनि पहिलो खेल जितेर ३ अंक हासिल गरेको छ ।

अब स्वीट्जरल्याण्डले दोस्रो खेल जुन २० मा स्कटल्याण्डसँग खेल्ने छ भने हंगेरीले जर्मनीसँग जुन १९ मा खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ६ : ०२ बजे

संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षणमा मन्त्री मेहता

विराटनगर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

एजेन्सी– चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप