जन्मकुण्डली हेराएर युद्ध मैदानमा उत्रिने तानाशाह | Khabarhub Khabarhub

हिटलर, चर्चिल र स्टालिन

जन्मकुण्डली हेराएर युद्ध मैदानमा उत्रिने तानाशाह



एउटा सत्यकथाभित्रको आश्चर्यलाग्दो यथार्थ। कुनै समय नाम लिँदासम्म पनि संसार हल्लिने तानाशाह आध्यात्मिक थिए भन्दा तपाईंलाई कस्तो लाग्छ। हो, उनीहरु युद्ध घोषणा गर्दा ज्योतिषको सल्लाहलाई आफ्नो विश्वासको अन्तिम सीमारेखा मान्थे। युद्ध सञ्चालनको तिथिमितिमा आफ्नो जन्मकुण्डली भिडाएर खुट्याएपछि अन्तिम निधो गर्थे।

जर्मनीका तानाशाह हिटलरले युद्धारम्भपूर्व आफ्नो युद्ध कार्यालयमा एउटा ज्योतिष विभाग स्थापना गरेका थिए। जुन विभाग ग्रह नक्षत्र छुट्याएर हिटलरलाई सल्लाह दिन पाँच ज्योतिष नियुक्त गरिएको थियो। तिनीहरु दिनरात गणना कार्यमा व्यस्त रहन्थे। युद्ध सम्बन्धी कुनै निर्णय लिनुअघि तिनीहरुको राय अनिवार्य गरिएको थियो।

अझ रमाइलो त के छ भने तत्कालीन ब्रिटिस प्रधानमन्त्री चर्चिलले पनि ब्रिटिस इन्टेलिजेन्सद्वारा आफ्नो युद्ध कार्यालयमा युद्ध सम्बन्धी रिपोर्ट प्राप्त गर्न एक ज्योतिष विभाग स्थापना गरेका थिए। चर्चिलको भनाइ थियो- ‘ज्योतिष सम्बन्धमा हिटलरको मात्र एकलौटी अधिकार हुनु हुँदैन।’

जर्मनीका तानाशाह हिटलरले युद्धारम्भपूर्व आफ्नो युद्ध कार्यालयमा एउटा ज्योतिष विभाग स्थापना गरेका थिए। जुन विभाग ग्रह नक्षत्र छुट्याएर हिटलरलाई सल्लाह दिन पाँच ज्योतिष नियुक्त गरिएको थियो। तिनीहरु दिनरात गणना कार्यमा व्यस्त रहन्थे। युद्ध सम्बन्धी कुनै निर्णय लिनुअघि तिनीहरुको राय अनिवार्य गरिएको थियो।

त्यसबेला विश्वयुद्ध सुरु भएको थिएन। एक साँझ स्पेनको राजदूतावासमा पार्टी बहस पैरवी चलिरहेको थियो। बेलायती विदेश सचिव लर्ड हेलिफ्याक्सको छेउमा एक आकर्षक व्यक्ति बसेका थिए। ४० वर्ष जतिका ती व्यक्ति नजिक पुगेर स्पेनिस राजदूतले सोधे, ‘हिटलरको जन्मुकण्डली र उनको बारेमा गरिएको भविष्यवाणी हाम्रा सचिवलाई बताइदिनुस् मिस्टर डी ओहोल।’

ज्योतिष ओहलले सबै भविष्यवाणी बेलिविस्तार लगाएपछि लर्ड ह्यालिफ्याक्सले हाँस्दै भने- ‘तपाईंहरु भविष्यवाणीअनुसार युद्ध थालियो र हिटलरले पोल्याण्डमाथि आक्रमण गर्यो भने म तपाईंहरुको सेवा प्राप्तिका लागि सरकारसँग सिफारिस गरौंला।’

लुइस डी ओहल हङ्गेरी निवासी घोडचढी सैनिक अधिकारीका पुत्र थिए। उनलाई बाल्यकालदेखि नै धार्मिक संस्कार प्राप्त थियो। उनले आफ्नो प्रयत्नमा विश्व प्रसिद्ध व्यक्तिहरु हिटलर, चर्चिल, चेम्बरलेन र मुसोलिनीहरुको जन्मकुण्डली बनाएका थिए। सन् १९३१ मा उनले हिटलरका सम्बन्धमा गरेका सबै भविष्यवाणी सफल भएको बताइन्छ।

उनले भविष्यवाणी गरेभन्दा तीन दिनअघि मात्र विश्वयुद्ध सुरु भयो र महिना दिनभित्रै हिटलरले पोल्याण्डमाथि विजय प्राप्त गरे। सन् १९४० को कुरा हो– डी अहल भर्ती भइसकेका थिए। अगष्ट महिनाको एकदिन उनलाई ‘युद्ध कार्यालय’ मा बोलाएर क्याप्टेनको पद सुम्पेर ज्योतिष विभागको प्रमुख बनाइयो।

यता हिटलरका ज्योतिष विभाग प्रमुख विलियम क्राफ्ट थिए। ओहल यसअघि क्राफ्ट अन्तर्गत रहेर काम गरेका व्यक्ति थिए। त्यसैले उनलाई क्राफ्टको ज्योतिष गणना पद्धति सम्बन्धमा राम्रो ज्ञान थियो। अनि उनलाई क्राफ्ट कुन पद्धतिअनुसार गणना गर्दैछन् र हिटलरलाई के सल्लाह दिन्छन् भन्ने थाहा पाउन कुनै कठिन भएन। हिटलर कुनै समय भारतीय कवि कालिदासले लेखेको साकुन्तल महाकाव्यको प्रशंसक बनेका थिए।

लुइस डी ओहल हङ्गेरी निवासी घोडचढी सैनिक अधिकारीका पुत्र थिए। उनलाई बाल्यकालदेखि नै धार्मिक संस्कार प्राप्त थियो। उनले आफ्नो प्रयत्नमा विश्व प्रसिद्ध व्यक्तिहरु हिटलर, चर्चिल, चेम्बरलेन र मुसोलिनीहरुको जन्मकुण्डली बनाएका थिए। सन् १९३१ मा उनले हिटलरका सम्बन्धमा गरेका सबै भविष्यवाणी सफल भएको बताइन्छ।

सन् १९४० को सुरुवातमा डी ओहलले हिटलरले इङ्ल्याण्डमाथि कहिल्यै आक्रमण नगर्ने भविष्यवाणी गरेका थिए। उनले आफ्नो कामको दोस्रो चरणमा आफ्ना पक्षका प्रमुख उच्चाधिकारीको जन्म कुण्डली बनाउन थाले। तर त्यसका लागि आवश्यक पर्ने उनीहरुको जन्म तिथि, गते, बार, समय कहाँ पाउनु ?

यतिकैमा युद्ध चौथो वर्षमा चल्न थाल्यो। सन् १९४२ को एक साँझ एक सैनिक अधिकारीले दुई जना मान्छेका जन्मतिथि र समय ल्याएर डी ओहललाई दिए। तर उनीहरुको नाम गोप्य राखियो। उनले ती गणना गरेपछि दुवैको पेशा र चरित्रमा समानता पाए। यसमध्ये जुन चाहिँ अलि भलाद्मी जस्ता देखिन्थ्यो, उसले भविष्यमा उन्नति र सम्मानको शिखर चुम्ने देखिन्थ्यो। अर्को पनि कुशल, प्रतिभाशाली र पराक्रमी थियो तर निकट भविष्यमा उसको पतन हुने देखिन्थ्यो। पहिलो व्यक्ति थियो– मित्रपक्षका फिल्डमार्शल मोटङ्ग्रोमरी र अर्को थियो हिटलरको अफ्रिका अभियानका प्रसिद्ध कर्णधार फिल्डमार्शल रोमेल। नभन्दै यी दुवैको भविष्यवाणी सत्य प्रमाणित भयो।

सन् १९४४ मा उनले अर्को भविष्यवाणी गरे– ‘एक यस्तो ऐतिहासिक घटना हुनेवाला छ, जुन चाहिँ सामुद्रिक युद्ध इतिहासमा स्वर्णाक्षरले लेखिने छ।’ आखिर त्यही वर्ष यति विशाल सामुद्रिक युद्ध भयो, जुन युद्धमा जापानको सम्पूर्ण जलसैन्य शक्ति सदाको निम्ति समाप्त भयो।

मुसोलिनी र स्टालिनले पनि आफूहरु आध्यात्मिक वातावरणमा जन्मिएको भनेर अध्यात्मसँगको सम्बन्धलाई नजिकियाउने प्रयास गरेका थिए।

उनले चर्चिलको जन्मकुण्डली हेरेर भनेका थिए- ‘युद्धपछि उनका खराब दिनहरु आरम्भ हुने छन्। र, यस्तै भयो। सन् १९४५ को आम चुनावमा चर्चिलको कन्जरभेटिब पार्टी नराम्रोसँग पराजित भयो। युद्धपछि ओहललाई ठूलो सामाजिक प्रतिष्ठा प्राप्त भयो। यस विपरीत हिटलरका प्रमुख ज्योतिषी विलियम क्राफ्टलाई नोकरीबाट खारेज गरी यातना शिविरमा लगियो। अन्ततः उनको यातना शिविरमै ज्यान गयो।’ मुसोलिनी र स्टालिनले पनि आफूहरु आध्यात्मिक वातावरणमा जन्मिएको भनेर अध्यात्मसँगको सम्बन्धलाई नजिकियाउने प्रयास गरेका थिए। मुसोलिनीमा पनि त्यही भाव झल्किन्थ्यो।

पूर्वाद्ध हाँसो, उत्तद्धार्ध आँसु
डा. सर्वपल्ली राधाकृष्णले भारतीय राजदूतका रुपमा पूर्व सोभियत संघमा रहँदा त्यहाँका राष्ट्रपति जोसेफ स्टालिनलाई आख्यान यसरी सुनाएका थिए- ‘हाम्रो देशमा एकजना सम्राट जीवनभर भयंकर खुंखार लडाइँ लडेर वृद्धावस्थामा पुगेपछि सारा राजपाट त्यागी भिक्षु बनेका थिए। राष्ट्रपति महोदय ! तपाईं पनि रक्तपथको लामो यात्राबाट प्रभुताको यो महान सिंहासनमा आइपुग्नुभएको छ। भोलिका दिनमा यहाँ पनि हाम्रै देशको उक्त सम्राटजस्तो बन्न सक्नुहुन्न भनेर अहिल्यै कसले ग्यारेन्टी गर्न सक्छ ?’ राधाकृष्णको कुरा सुनेर स्टालिन जीवनमा पहिलोपल्ट दिल खोलेर मुस्कुराएका थिए।

उनले भने- ‘हो कहिलेकाहीँ चमत्कार सिर्जना हुनसक्छ। म पनि ५ वर्षसम्म धर्मशास्त्रका स्कुलमा बसेको छु।’ बातचित सकेर राधाकृष्ण राष्ट्रपति भवन बाहिर निस्कँदा स्टालिनले आफ्नो दोभाषे पावलोबलाई बोलाएर भनेका थिए- ‘राधाकृष्ण एउटा संकीर्ण देशभक्त मनुष्य होइनन, उनको हृदय पीडित मानवताका लागि सधैं द्रवित हुने गर्छ।’

सन् १९५२ को ५ अप्रिलमा आफ्नो कार्यकाल समाप्त गरेर भारत फर्किने बेलामा राधाकृष्णले स्टालिनसँग विदाइको गला मिलाएर उनको पिठ्यूँ सुमसुम्याउँदा स्टालिनको आँखामा आँसुको सागर उर्लिएको थियो।

सन् १९५२ को ५ अप्रिलमा आफ्नो कार्यकाल समाप्त गरेर भारत फर्किने बेलामा राधाकृष्णले स्टालिनसँग विदाइको गला मिलाएर उनको पिठ्यूँ सुमसुम्याउँदा स्टालिनको आँखामा आँसुको सागर उर्लिएको थियो। उनको अनुहार मलिन थियो र कण्ठ पनि अवरुद्ध। उनले आफ्न सजल नेत्र उचालेर भनेका थिए– ‘तपाईं पहिलो व्यक्ति हो, जसले मलाई मनुष्य सम्झिएर मप्रति मानवीय व्यवहार गर्नुभयो। मलाई कहिल्यै पनि दानव ठान्नुभएन। तपाईं हामी सबलाई छोडेर जाँदै हुनुहुन्छ। म चाहन्छु कि तपाईं दीर्घजीवी रहनुहोस्। अब म धेरै दिन बाँच्दिन।’

आँसुले सम्भवत मानिसको मनलाई हलुका बनाउँछ। त्यसैले होला आफ्नो अन्तरमनलाई संवेदनशील पीडाका अव्यक्त वेदनाहरुले थिचेका बेला संसारको जुनसुकै मनुष्य पनि आँसुको सहारा लिने गर्छ। स्टालिन रोएको यस घटनालाई सारा विश्वले इस्पातको मानिस रोएको रुपमा स्वीकार गरेको थियो।

नेपोलियन बोनापार्ट पनि ढुंगो र फलाम जतिक्कै कडा र अररोपन भएका निर्दयी मनुष्य हुन्। हिंसात्मक पराक्रममा लिप्त यी सैनिक योद्धाको हृदय जोसेफिन नामकी एकल महिलाप्रति अत्यन्तै दयालु र संवेदनशील थियो। जोसेफिन अत्यन्त धूर्त र अस्थिर चरित्रकी महिला हुन् भन्ने जान्दाजान्दै पनि नेपोलियन उनीप्रति यति आशक्त थिए कि एकपल्ट रणभूमिको विपरीत परिस्थिति ढालेर उनलाई भेट्न मिलान पुग्दा भेट्न नपाएपछि डाँको छोडेर क्वाँ क्वाँ रोएका थिए।

भगवान श्रीकृष्णका कतिपय लीलामा पनि आँसुको प्रसंग पढ्न पाइन्छ। बनवासी रामको आत्मा राजमहल निवासी हुँदासम्म पनि मुस्कुराउन पाएन। सीता र द्रौपदीजस्ता युगीन व्यक्तित्व बोकेका प्रखर नारीले पनि आँसुको दिनचर्या भोग्नुपरेको थियो।

नेपोलियन बोनापार्ट पनि ढुंगो र फलाम जतिक्कै कडा र अररोपन भएका निर्दयी मनुष्य हुन्। हिंसात्मक पराक्रममा लिप्त यी सैनिक योद्धाको हृदय जोसेफिन नामकी एकल महिलाप्रति अत्यन्तै दयालु र संवेदनशील थियो।  एकपल्ट रणभूमिको विपरीत परिस्थिति ढालेर उनलाई भेट्न मिलान पुग्दा भेट्न नपाएपछि डाँको छोडेर क्वाँ क्वाँ रोएका थिए।

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने। स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यै सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो। दुई देश विभाजित हुँदाको पीडाले महात्मा गान्धीलाई मानसिक तनावमा पा-यो। उनले बलिन्द्र आँसुधारा बगाएर मनको पीर पखालेका थिए।

बेंजामिन मोलाइसलाई दक्षिण अफ्रिकाको जातिवादी गोरा सरकारले सन् १९८५ मा फाँसीमा झुण्ड्याउँदा नेल्शन मण्डेलाले आफ्नो आँसु रोक्न सकेका थिएनन्। बेंजामिन दक्षिण अफ्रिकाको पहिलो देशभक्त सहिद कवि हुन्। त्यसबेला अफ्रिकी स्वतन्त्रता आन्दोलनका हिमायती उनका कविता ओठओठमा झुण्ड्याएर हिँड्थे।

संयुक्त राष्ट्रसंघको विरोध हुँदाहुँदै पनि उनलाई अफ्रिकी सरकारले झुण्ड्याइदिँदा नेल्शन मण्डेलाले भनेका थिए- ‘मलाई आकाश यति अन्धकारमय कहिल्यै लागेको थिएन, जति बेंजामिन मोलाइसलाई फाँसीको सजाय दिएपछि लाग्दैछ। उनी हाम्रो वरिपरि प्रत्येक सासमा जीवित रहेका छन्।’

राष्ट्र र जनताको भलाइका लागि पवित्र आँसु खसाल्ने मानवतावादी व्यक्तित्व सामाजिक विसंगतिबाट चिमोटिनु अस्वाभाविक होइन। तर आफ्नो अनमोल जिन्दगीलाई तानाशाही संघर्षको क्रूर र कठोर दायराभित्र हुर्काउने जोसेफ स्टालिन जस्ता मानिसको ओठमा मुस्कान फुट्नु र नजरमा पानी उम्रिनु भनेको चाहिँ आठौं आश्चर्य हो।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ९ : ०९ बजे

नेपाल र इरान भारतीय मैदानमा भिड्दै, ५ महिनापछि फर्किइन् अञ्जिला

काठमाडौं– त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला

क्षेत्रीय तनावबीच प्रधानमन्त्री ताकाइचीद्वारा जापानको रक्षा खर्च र सैन्य क्षमता वृद्धि गर्ने प्रतिबद्धता

टोकियो- जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसदमा पहिलो नीतिगत

‘गृहमन्त्री अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथ मन्दिर छिरेका होइनन्’

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथको मूल मन्दिरभित्र

सन्दीपको अपिल : घृणा होइन, सहनशीलता र सम्मानको बाटो रोजौँ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेले पछिल्ला

गौरीघाट–गुह्येश्वरी वाग्मती किनारमा छठघाट निर्माण सुरु

काठमाडौं- पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारमा छठ पर्वको तयारी