काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत अवरूद्ध | Khabarhub Khabarhub

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत अवरूद्ध


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा आजदेखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ।

विद्युत् प्राधिकरणअन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सूचना जारी गर्दै काठमाडौंका विभिन्न वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा दैनिक ४ घन्टा बिजुली अवरूद्ध हुने जनाएको हो।

आयोजनाले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ।

जसअन्तर्गत आइतबार जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ।

यस्तै, सोमबार कुलेश्वर वितरण केन्द्रको कालीमाटी फिडर अन्तर्गत रविभवनदेखि कलंकी मन्दिर, मंगलबार वानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्म, बुधबार कीर्तिपुर वितरण केन्द्रको कीर्तिपुर फिडर अन्तर्गतका पाँगा सडक क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ।

यसैगरी, बिहीबार कुलेश्वर वितरण केन्द्रको ताहाचल फिडर अन्तर्गतका कालीमाटी चोक क्षेत्र,
शुक्रबार वानेश्वर वितरण केन्द्रको बौद्ध क्षेत्रमा महाकाल फिडर अन्तर्गत पर्ने स्थान तथा शनिबार कीर्तिपुर वितरण केन्द्रको रोपवे र मच्छेगाउँ फिडर अन्तर्गतका नगाउँ क्षेत्रमा विद्युत अवरूद्ध हुने आयोजनाले जनाएको छ।

मौसम प्रतिकूल भएको अवस्थामा भने विद्युत् आपूर्ति बन्द नहुने आयोजनाले जनाएको छ। ती क्षेत्रमा हाइटेन्सन लाइन मर्मत र कन्डक्टर स्तरोन्नतिका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ।

 

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ८ : ४८ बजे

माधव नेपाल भन्छन् : असफल हुनु नयाँ सुरुवात हो, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जीवनमा असफलता

ऐतिहासिक लगख्यः हिटी सरसफाइ गर्दै (तस्बिरहरू)

काठमाडौं– ललितपुर महानगरपालिका–१५ मा अवस्थित ऐतिहासिक लगख्यः हिटी, जसको निर्माण

बडिमालिका तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन

मान्म– बडिमालिका जाने तीर्थयात्रीका लागि कालीकोटको रास्कोट नगरपालिकाले चिकित्सकसहितको टोली

बागमतीका मुख्यमन्त्रीले बुझाए राजीनामा, नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरू

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सोमबार पदबाट राजीनामा दिएका

प्रतिनिधिसभा बैठकबाट बाहिरिए रास्वपा र राप्रपा

काठमाडौं– गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि