बजेटबारे आरजुको टिप्पणी : केही व्यापारिक समूह कर छल्न सजिलो बनाइयो « Khabarhub

बजेटबारे आरजुको टिप्पणी : केही व्यापारिक समूह कर छल्न सजिलो बनाइयो


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले संसद्‍मा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित कर व्यवस्थामाथि प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथि विभिन्न मन्त्रालयगत छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएकी हुन् ।

राणाले नयाँ कर व्यवस्थामा केही विशेष व्यापारिक समूहलाई प्रत्यक्ष लाभ हुने आशंका देखिएको बताइन् ।

‘ससंद्‍मा प्रस्तुत बजेट र आर्थिक विधेयकका केही व्यवस्था हेर्दा विशेष व्यापारिक समूहलाई प्रत्यक्ष कर छल्न सजिलो हुने नीति ल्याइएको हो कि जस्तो आभाष भएको छ’, उनले भनिन्, ‘आयकर ऐनको धारा ५७ (१) को प्रस्तावित प्रावधानमा मैले कुनै आर्थिक वा प्रशासनिक तर्क देख्‍न सकेको छैन । यदि समस्या भए हामीले नियम वा निर्देशिकामार्फत सच्याउन सक्छौँ ।’

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ३ : ४७ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल