भरतपुर महानगरपालिले दियो ४ हजार ५२४ जनालाई निःशुल्क तालिम « Khabarhub

भरतपुर महानगरपालिले दियो ४ हजार ५२४ जनालाई निःशुल्क तालिम


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०-०८१ मा ४ हजार ५२४ जनालाई निःशुल्क तालिम दिएको छ ।

उत्पादनलाई प्राथमिकता दिँदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो ।

महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरूको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौशी खेती, पञ्चेबाज बजाउने, मादल तथा खैजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिएको छ ।

यस्तै प्लम्बिङ, कृषि, बेकरी, सरफ, साबुन, भाडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन,  झुम्का, माला, नेक्लेश तथा चुरा बनाउने, ड्राईभिङ,एड्भान्स सिलाई कटाई, कुक र होमेस्टे, इलेक्ट्रिसियन, सेनेटरी प्याड बनाउनेलगायतका तालिम हो ।

तालिमहरू एक दिने देखि ४ महिनासम्म सञ्चालन भएको महानगरले जनाएको छ । श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले निःशुल्क तालिमलाई जोड दिइएको बताइन् ।

अहिले यहाँका उद्योग, कलकारखाना लगायतका ठाउँमा भारतलगायत अन्य देशबाट दक्ष नागरिक ल्याउनुपर्ने बाध्यता रहेको उनले बताइन् ।

तालिमको व्यवस्था गरिने युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको प्रमुख दाहालको भनाइ रहेको छ । महानगरले आगामी आर्थिक वर्षमा निःशुल्क तालिम दिने कार्यक्रमलाई वृद्धि गर्दै लैजाने पनि जनाएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ६ : ०८ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक