सय दिने प्रगति सुनाउँदै खेलकुद मन्त्रीले भने : कीर्तिपुरमा चाँडै फ्लड लाइट र स्कोर बोर्ड जोडिन्छ « Khabarhub

सय दिने प्रगति सुनाउँदै खेलकुद मन्त्रीले भने : कीर्तिपुरमा चाँडै फ्लड लाइट र स्कोर बोर्ड जोडिन्छ


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पदवहाली भएपश्चात सय दिन दिनको कार्य प्रगति सार्वजनिक गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले २१ बुँदे कार्यप्रगति सार्वजनिक गरेका हुन् । उनले देशभरका रंगशालाको व्यवस्थापनलाई मध्यनजर गरि रंगशाला सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको जानकारी दिए ।

श्रेष्ठले मूलपानी क्रिकेट मैदानको डीपीआर तयार भएको पनि जानकारी दिए ।

त्यस्तै कीर्तिपुर क्रिकेट मैदानमा स्कोरबोर्ड र फ्लडलाई जडानका लागि प्रक्रिया अगाडि बढाइएको पनि उनले जानकारी दिए ।

एक वर्षअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा फ्लड लाइट जडान गर्न निर्देशन दिएका थिए ।

त्यसपछि २०८० असोजमा त्यसका लागि लागि २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लागेको बताइएको थियो । तर अहिलेसम्म काम अघि बढेको छैन ।

खेलकुदमन्त्री श्रेष्ठले आफ्नो सय दिने अवधिमा ११ वटा अन्तराष्ट्रिय प्रतियोगिताका र ४४ वटा राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको, स्पोर्टस विज्ञान अध्यायनका लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरसएको पनि उनले बताए । यहीबीचमा वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको जानकारी पनि दिएका छन् ।

उनले खेल क्षेत्रको निर्णय गर्न बोर्ड बैठकमा प्रस्ताव लाने व्यवस्था गरिने पनि प्रगति विवरण सुनाउँदै बताए ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ६ : ५६ बजे

बिरामीको संख्या बढ्दा रगतको माग उच्च

झापा– नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपालमा

आईपीएल क्रिकेट : दिल्लीविरुद्ध कोलकाताको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको म्याग्दीको दोभान

म्याग्दी– वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण