मिङ राजवंशी कालका दुई जहाजको भग्नावशेषमा नौ सय बढी प्राचीन वस्तु फेला « Khabarhub

मिङ राजवंशी कालका दुई जहाजको भग्नावशेषमा नौ सय बढी प्राचीन वस्तु फेला


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनको राष्ट्रिय सम्पदा प्राधिकरणले दक्षिण चीन सागरको उत्तरपश्चिममा महाद्वीपीयमा नौ सयभन्दा धेरै प्राचीन वस्तु फेला पारेको छ ।

उत्तरपश्चिममा महाद्वीपीय ढलान नजिकै मिङ राजवंश (सन् १३६८ देखि सन् १६४४) को समयका दुई प्राचीन जहाजको भग्नावशेषबाट एक हजार पाँच सय मिटर गहिराइमा नौ सयभन्दा धेरै प्राचीन वस्तु फेला परेका हुन् ।

अनुसन्धान संस्थान र स्थानीय सङ्ग्रहालयको संयुक्त प्रयासमा सन् २०२३ देखि सन् २०२४ को अवधिमा उत्खनन कार्य गरिएको थियो । त्यहाँ पहिलो जहाजको भग्नावशेषबाट तामाका सिक्का साथै सेरामिक र माटोका भाँडाका टुक्रासहित कूल आठ सय ९० प्राचीन वस्तु निकालिएको थियो ।

दोस्रो जहाजको भग्नावशेषबाट काठ, सेरामिक र माटोका सामान, हरिणको सिङ र अन्यसहित ३८ प्राचीन वस्तु फेला परेको थियो ।

‘यो खोजले चिनियाँ पुर्खाहरूले दक्षिणी चीन सागरको विकास, प्रयोग र यात्रा गरेको प्रमाण दिन्छ’, चिनियाँ राष्ट्रिय सम्पदा प्राधिकरणका उपाध्यक्ष गुआन कियाङले भने, ‘दुवै भग्नावशेष प्राचीन सामुद्रिक रेशम मार्गका साथ व्यापार र सांस्कृतिक आदानप्रदानका महत्त्वपूर्ण साक्षी हुन् ।’

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : ३१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा