बाढीले क्षति पुर्‍याएको लोकभार्ग भदौ ३ देखि खुल्ने « Khabarhub

बाढीले क्षति पुर्‍याएको लोकभार्ग भदौ ३ देखि खुल्ने


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बाढीले क्षति पुर्‍याउँदा जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी मङ्गलबार (भदौ ३ गते)देखि खुल्ने भएको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति पुर्‍याउँदा १३ दिनदेखि लोकमार्ग ठप्प रहेको छ ।

तुरतुरे ताल फुट्दा बडिगाड खोलामा आएको बाढीले २०० मिटर लोकमार्ग बगाएपछि यातायात सेवा प्रभावित बनेको हो । पहिलेको भन्दा दश मिटर माथिबाट अस्थायी मार्ग खोल्ने काम भइरहेको आयोजना व्यवस्थापनले जनाएको छ ।

“ग्रेड मिलाउने र फिलिङ गर्ने काम भइरहेको छ, भदौ ३ गतेदेखि लोकमार्ग नियमित सञ्चालनमा आउँछ”, लोकमार्गका इञ्जिनीयर अर्जुन गौतमले भने । शुक्रबार साँझदेखि एम्बुलेन्स र अत्यावश्यक सेवामा चल्ने साना सवारीसाधन मात्र एकतर्फी रुपमा चल्न दिइएको उनको भनाइ छ ।

निर्माणको काम बाँकी नै रहेको र वर्षात्का कारण जोखिम भएकाले तत्काल नियमित यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको जनाइएको छ । ‘ब्रेकर’ लगाएर पहरा काट्नुपर्ने भएकाले मार्ग खोल्न समय लागेको हो । दुई सातासम्म लोकमार्ग नखुल्दा सदरमुकामदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ ।

पश्चिमको व्यापारिक केन्द्र बुर्तिबाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन चल्न सकेका छैनन् । लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फ पनि यातायात ठप्प छ । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारीसाधन बडिगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् ।

बुर्तिबाङ क्षेत्रबाट छुट्ने सवारीसाधन ढोरपाटन नगरपालिका–२ तुरतुरेनजिक आएर रोकिन्छन् । अवरुद्ध भएको ठाउँ पैदल पार गरेपछि यात्रु गाडी बदलेर गन्तव्यतर्फ लाग्ने गरेका छन् । यात्रु बोक्ने सवारीसाधन वारिपारि भएर चले पनि खाद्यान्न र निर्माण सामग्रीको ढुवानी भने ठप्पै छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  १२ : ०१ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको