दशक यताकै कमजोर ओपनिङ गर्ने फिल्म बन्यो ‘चन्दु च्याम्पियन’ « Khabarhub

दशक यताकै कमजोर ओपनिङ गर्ने फिल्म बन्यो ‘चन्दु च्याम्पियन’


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –गत शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड नायक कार्तिक आर्यनको मुख्य भूमिका रहेको फिल्म ‘चन्दु च्याम्पियन’ पहिलो दिन ५ करोड ४० लाखको व्यापार गरेको छ ।

भारतीय मिडिया आजतकका अनुसार पहिलो दिन यस फिल्मको अनुपेन्सी १७ प्रतिशत भन्दा कम छ । सकारात्मक ‘वर्ड अफ माउथ’का यो साता हलमा दर्शक बढ्ने अपेक्षा गरिएको छ ।

सोही कारण पनि निर्माण पक्ष कमजोर ओपनिङ भए पनि आशावादी रहेका छन् । यद्यपि कार्तिकको दशक यताकै कमजोर ओपनिङ हो ।

मुरलिकान्त पेटकरको अनौठो कथा देखाउने ‘चन्दु च्याम्पियन’ ले उत्कृष्ट समीक्षा पाइरहेको छ । दर्शकको मायाका कारण फिल्मले पहिलो दिन ओपनिङ गरेको छ ।

भारतीय बक्स अफिसमा राम्रो ओपनिङ गरेको छ । तर, यो एक दशकमा कार्तिक आर्यनको फिल्मको ओपनिङ डे कलेक्सनको सबैभन्दा कम संख्या हो ।

यस अघि सन् २०१५ मा प्रदर्शनमा आएको कार्तिको फिल्म ‘प्यार का पंचनामा २’को कमजोर ओपनिङ थियो । जुन फिल्मले पनि ६ करोड ८० लाख को ओपनिङ गरेको थियो । उनको पछिल्लो फिल्म ‘भूल भुलैया २’ले पनि ८।२५ करोडको ओपनिङ गरेको थियो ।

‘चन्दु च्याम्पियन’ प्याराओलम्पिक स्वर्ण पदक विजेता मुरलिकान्त पेटकरको जीवनमा आधारित छ । मुरलिकान्तको भूमिकामा कार्तिक छन् ।

यसका लागि कार्तिकले १८ किलोग्राम तौल घटाएका थिए । उनको यो मिहिनेत पर्दामा देखिन्छ । घरेलु दर्शकबाट पनि उनको अभिनयले तारिफ पाएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ८ : १९ बजे

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको