नेपाललाई पाँचौ सफलता : बंगलादेशले ५२ रन बनाउँदा पाँच विकेट गुमायो « Khabarhub

नेपाललाई पाँचौ सफलता : बंगलादेशले ५२ रन बनाउँदा पाँच विकेट गुमायो


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले पाँचौ विकेट हात पारेको छ । ९ ओभरको समाप्तिमा बंगलादेशले ५२ रन बनाउँदा पाँचौं विकेट गुमाएको हो ।

नेपालका सोमपाल कामीले बंगलादेशको पहिलो विकेट पहिलो बलमै लिएका थिए भने दोस्रो विकेट दोस्रो ओभरको तेस्रो बलमा दीपेनद्रसिंह ऐरीले लिएका थिए। तेस्रो विकेट सोमपाल कामीले पाँचौ ओभरको तेस्रो बलमा लिए। चौथो विकेट कप्तान पौडेलले छैटौं ओभरको तेस्रो बलमा लिएका हुन्। पाँचौ विकेटको रुपमा नेपालले सन्दीप लामिछानेको बलमा बंगलादेशका महमुदुल्लाहलाई रनआउट गरेको हो।

सोमपाल कामीले पहिलो बलमा बंगलादेशका तान्जिद हसनको विकेट लिए। सोमपालले आफ्नै बल आफै क्याच गरेर पहिलो बलमा विकेट लिएका हुन्। दोस्रो ओभर बलिङ गर्न आएका दीपेन्द्रले ओभरको तेस्रो बलमा पाकिस्तानका कप्तान नजमुल हुसेन शान्तोलाई आउट गरेका हुन्। ५ बलमा चार रन बनाएर खेल्दै गरेका कप्तान शान्तोलाई दीपेन्द्रले आउट गरेका हुन्।

सोमपालले व्यक्तिगत दोस्रो विकेटको रुपमा लिटन दासलाई १२ बलमा १० रनमै आउट गरेका हुन्। चौथो विकेटको रुपमा कप्तान पौडेलले तौहिद हृदयलाई ७ बलमा ९ रन बनाउँदा आउट गरेका हुन्।

पाँचौ विकेटको रुपमा नेपालले सन्दीप लामिछानेको बलमा बंगलादेशका महमुदुल्लाहलाई रनआउट गरेको हो। उनले १३ बलमा समान १३ रन बनाएका थिए। १० ओभरको समाप्तिमा नेपालले ५ विकेट लिएर बंगलादेशलाई ५७ रन दिएको छ।

 

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ६ : ०४ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार

२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २८ गते आइतबार तदनुसार

पदाधिकारी व्यवस्थापन गर्न ओलीलाई मुस्किल, असन्तुष्ट तान्ने दाउमा पोखरेल

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा उद्घाटन शत्र सकिएपछि नयाँ

एनपीएलः रोहितले जिते कार, अरूले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग