सभामुख र अध्यक्षले कर्मचारीको आन्दोलनबारे छलफल गर्दै « Khabarhub

सभामुख र अध्यक्षले कर्मचारीको आन्दोलनबारे छलफल गर्दै


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुवै सभाका पदाधिकारी, दलका मुख्य सचेतक, सचेतक, संसदका महासचिव तथा सचिवालयका सचिवलगायतसँग छलफल गर्दै छन् ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । बैठकमा संसद सचिवालयका कर्मचारीको आन्दोलनलगायतका विषयमा छलफल हुनेछ ।

तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीहरु दोस्रो चरणका आन्दोलनमा छन् । उनीहरुले आइतबार महासचिवको कार्यकक्षमा धर्ना दिएका दिएका थिए ।

उनीहरुले यही असार ७ गतेसम्म माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलन चेतावनी समेत दिएका छन् । उनीहरुले विभिन्न ११ बुँदे माग राखेका छन् ।

 

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ९ : ४७ बजे

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६