ताप्लेजुङका २५ घर परिवार बाढीपहिरोबाट विस्थापित | Khabarhub Khabarhub

ताप्लेजुङका २५ घर परिवार बाढीपहिरोबाट विस्थापित


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङका विभिन्न गाउँका २५ घर परिवार बाढीपहिरोका कारण विस्थापित भएका छन् ।

बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सिरिजङ्घा गाउँपालिका–६ मामांखेका पाँच घर उच्च जोखिममा रहेका छन् । तीमध्ये चार परिवारलाई लक्ष्मी माध्यमिक विद्यालयमा राखिएको छ भने एक परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ ।

यस्तै सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका आठ घर उच्च जोखिममा रहेका छन् । उक्त आठ घरमध्ये सात घरका परिवारलाई सिंहेश्वरी आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ । एउटा परिवार छिमेकीकाेमा आश्रय लिएर बसेको जनाइएको छ ।

यस्तै जोखिममा रहेका मिक्वाखोला गाउँपालिका–५ का चार र फुङलिङ नगरपालिका–१० का ६ परिवारसमेत अन्यत्र सरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीपहिरोका कारण एक माइक्रो हाइड्रो र क्रसर उद्योग जोखिममा रहेका छन् ।

बाढीपहिरोले चार घर बगाएको छ भने पाँच जनाको ज्यान गएको छ । जेठ ३१ गते राति पहिरोले घर बगाउँदा फक्ताङ्लुङ गाउँपालिकास्थित खेजेनिमका एकै परिवारका चार जनाको मृत्यु भएको थियो भने सोही ठाउँकै दुई जना घाइते भएका थिए । फक्ताङ्लुङकै विभिन्न खोलाका चार पुलसमेत बाढीले बगाएको थियो ।

यता मिक्वाखोला–३ मा रहेको एउटा माइक्रो हाइड्रोपावरमा समेत क्षति पुगेको छ । हाइड्रोको पाइप पहिरोले बगाएर विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा छन् ।

मनसुन सुरु भएदेखि नै भारी वर्षा भई जिल्लाका अधिकांश क्षेत्रमा बाढी र पहिरो जाँदा अलैँचीसहितका बालीमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।

नौ स्थानीय तह रहेको जिल्लाका ६१ वडामध्ये ४१ वडा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् भने १८ मध्यम र दुई न्यून जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सबैभन्दा बढी फक्ताङ्लुङका सात वटै वडा उच्च जोखिममा रहेका छन् ।

बाढी पहिरोले खानेपानीसहित विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा कतिपय ठाउँका नागरिक खानेपानी र विद्युत्को अभावमा परेका छन् ।

यता सिरिजङ्घा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा सडकसमेत पहिरोका कारण अवरुद्ध बनेका छन् । बाढी र पहिरोले पुगेको थप क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १२ : ३३ बजे

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा