मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कृत्रिम पोखरी | Khabarhub Khabarhub

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कृत्रिम पोखरी


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेमा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुलाई वनक्षेत्रमै कृत्रिम पोखरी निर्माण गरी पानीको व्यवस्था गरिएको छ । 

पानी र आहाराका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्न बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, विभिन्न  सङ्घसंस्थाले निकुञ्ज र सामुदायिक वन क्षेत्रमा कृत्रिम पोखरी निर्माण गरेका हुन् । बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिएका छन् ।

गर्मीका बेला वन्यजन्तु पानीको खोजीमा भौँतारिने हुँदा कृत्रिम पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताए। निकुञ्जका जलाशयमा अत्यधिक गर्मी बढेपछि पानीको सतह घटेकाले कृत्रिम पोखरी निर्माण गरी बोरिङ गरेर पानीको व्यवस्थापन गरिँदै आएको उनको भनाइ छ ।

एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाले डिभिजन वन कार्यालयसँग सहकार्य गरी कोहलपुर नगरपालिका–१२ स्थित सृजना सामुदायिक वनमा दुई थान पोखरी निर्माण गरिएको शमशेरगन्ज शव डिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत सुशील सुवेदीले जानकारी दिए। 

पानी र आहारका लागि मानव बस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्न पोखरी निर्माण गरिएको उल्लेख गरे। 

एकीकृत भू–परिधि व्यवस्थापन आयोजना फिल्ड कार्यालय कोहलपुरका प्रबन्धक प्रकाश थापाले वनमा पानीका स्रोतहरू सुकेपछि पोखरी खनेर जनावरलाई वैकल्पिक व्यवस्था गरिएको बताए। 

सृजना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुमन पौडेलले वनमा निर्माण गरिएका पोखरीमा जंगली जनावरहरू पानी खान–आउने गरेको बताए । पोखरीले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको उनको भनाइ छ ।

बाँकेमा पछिल्लो समय चित्तल, बाँदर, चितुवालगायत वन्यजन्तुले मानव बस्तीमा प्रवेश गरी क्षति पुर्‍याउने गरेका छन् । बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको शम्शेरगञ्ज शव डिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत सुवेदीले जानकारी दिए। 

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ४ : ०१ बजे

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री 

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि