पार्टी एकता नगरेको भए विकल्प रहन्थे भन्ने लाग्छ : प्रचण्ड « Khabarhub

पार्टी एकता नगरेको भए विकल्प रहन्थे भन्ने लाग्छ : प्रचण्ड


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन् ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले शनिबार काठमाडौंमा गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए विकल्प रहीराख्थे भन्ने अनुभुति हुने गरेको बताए ।

नेकपाको सचिवालय बैंठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको स्पष्ट पारे ।

कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौति दुवै भएको भन्दै उनले अहिले केहि गर्न नसके इतिहासले धिकार्ने बताए । अध्यक्ष दाहालले यस्तो अवसर सधैँ नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

यस्तै अध्यक्ष दाहालले चिकित्सकहरुले आफ्नो पेशालाई मानवतासँग जोडेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए । पेशा सुरक्षित, लोकप्रिय र मर्यायादित बनाउन सरकारले सहयोग गर्ने भन्दै चिकित्सकले पनि बिरामीलाई बस्तु नठानी मानवीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताए ।

अध्यक्ष दाहालले विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौति रहेको पनि बताए ।

कार्यक्रममा नकेपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य सेवा सर्वसुलभ हुनु पर्नेमा जोड दिए । कार्यक्रममा सहभागी चिकित्सकहरुले भने गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेशा आवश्यक रहेको भन्दै सरकारी नीति प्रष्ट हुनु पर्ने माग गरेका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  २ : ५४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन