लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका « Khabarhub

लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट पुस्तिका च्यातेका छन् ।  उनले प्रतिनिधिसभाको रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् । 

उनले बजेटप्रति सुरुबाट नै विरोध जनाउँदै आएका थिए । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका छन् ।

उनले भने, ‘सामान्यतयाः म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर यहाँ राख्छु मैले !’ 

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा परेपछि नै आफूलाई रिस उठेको बताए ।

उनले सामान्य लाज घिन समेत नराखेर सरकारले मनपरी गरेको आरोप लगाएका छन् । उनले आफूखुसी जिल्लाको नाम समेत नराखी योजनामा बजेट राखेको बताए । 

उनले भने, ‘बजेट बनाउँदा सरकारमा भएका मन्त्रीहरूले आफूखुसी गरे ।’

आठ ९ वटा चरण पार गरेपछि योजना पास गरेको सम्झँदै अहिले बजेट मन्त्रीको गोजीबाट आउने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीलाई गोरखा दुई भए पुग्छ । मन्त्रीलाई आफ्नो ठाउँ भए पुग्छ । बाउले कमाएको सम्पत्तिमा पनि आफूखुसी गर्न पाइन्न । यो त  सरकारको सम्पत्ति हो । यो निर्वाचन प्रणाली सुधार गरौँ ।’

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १ : ०७ बजे

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु