एघार महिनामा सात अर्ब राजस्व संकलन | Khabarhub Khabarhub

एघार महिनामा सात अर्ब राजस्व संकलन


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा सात अर्ब ३२ करोड १४ लाख राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आव २०८०-८१ को साउनदेखि जेठ मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो ।

कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब ७७ करोड ५८ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ९५ करोड ५२ लाख, अन्तःशुल्कतर्फ १८ करोड ९५ लाख र अन्यतर्फ रु एक अर्ब ४० करोड आठ लाख राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए।

चालु आवमा भन्सार कार्यालयको ११ अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ६३ दशमलव २१ प्रतिशत रहेको उनले जानकारी दिए।

सूचना अधिकारी खड्काका अनुसार चालु आवको साउनमा ४६ करोड ८२ लाख, भदौमा ५१ करोड ९३ लाख, असोजमा ६३ करोड १४ लाख, कात्तिकमा ६१ करोड ४६ लाख, मङ्सिरमा ७३ करोड ३४ लाख र पुसमा  ६८ करोड ९० लाख राजस्व संकलन भएको छ ।

त्यस्तै, माघमा ६६ करोड ६७ लाख, फागुनमा रु ६९ करोड एक लाख, चैतमा ७२ करोड १३ लाख, वैशाखमा ७५ करोड १७ लाख र जेठमा ८३ करोड ५३ लाख राजस्व संकलन भएको उनले जानकारी दिए।

भन्सार कार्यालयको गत आव २०७९-८० मा १२ अर्ब ३० करोड ६६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब २९ करोड ६३ लाख राजस्व संकलन भएको थियो । त्यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  २ : ४९ बजे

जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विनोद विकलाई प्रहरीले

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित