गोसाइँकुण्डमा गंगादशहरा स्नान गर्ने बढे | Khabarhub Khabarhub

गोसाइँकुण्डमा गंगादशहरा स्नान गर्ने बढे


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

रसुवा– यस वर्ष गोसाइँकुण्डमा गंगादशहरा स्नान गर्ने बढेका छन् । गोसाइँकुण्डमा यस वर्ष एक हजार छ सयभन्दा बढी तीर्थालुले गंगादशहरा स्नान गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गत जेठ २५ गतेदेखि यही असार २ सम्म आठ सय ८७ महिला र आठ सय पुरुषले गंगादशहरा स्नान गरेको निकुञ्ज कार्यालयका संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिए। यो सङ्ख्या गत वर्षको तुलनामा ३० प्रतिशतले बढी भएको उनको भनाइ छ । 

समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा पर्ने पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जानेहरूको सुरक्षामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्तीटोली खटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए । 

गंगादशहरा स्नानका अवसरमा स्वदेशीसँगै ४९ जना विदेशी पनि सहभागी थिए । स्नानका लागि एक सयभन्दा बढी यात्रुहरू हेलिकप्टरमार्फत गोसाइँकुण्ड पुगेका थिए । 

चालु आर्थिक वर्षसम्म असार १ गतेसम्म गोसाइँकुण्डमा २१ हजार पाँच सय १८ नेपालीहरू पुगेको निकुञ्जका संरक्षण अधिकृत सापकोटाले जानकारी दिए। केही वर्षअघिसम्म गंगादशहरामा १० दिन र जनैपूर्णिमा पाँच दिन गरी वर्षमा १५ दिन मात्रै गोसाइँकुण्डमा तीर्थ गर्ने चलन थियो । 

काठमाडौँबाट मोटरमा धुञ्चे पुगेपछि सोहि दिन खन्ति, देउराली र चन्दनवारीलगायतका स्थानमा बास बस्न पुग्न सकिन्छ । खाना र बस्नका लागि गोसाइँकुण्ड, लौरीविनायक, चोलाङपाटी,  चन्दनवारी, डिम्सा, देउराली, खन्ति  तिवारीवगर समेतका स्थानमा होटल तथा लज सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ४ : ४३ बजे

बागलुङका चार उत्कृष्ट किसान पुरस्कृत

गलकोट– बागलुङका चार उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ

रूसको सीमावर्ती गाउँमा युक्रेनी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं– रूसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन

वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण

ताप्लेजुङमा पनि धान दिवस मनाइयो

ताप्लेजुङ– पहाडी जिल्ला ताप्लेजुङमा पनि असार १५ अर्थात् धान दिवस

केन्यामा भएको सरकारविरोधी प्रदर्शनमा ३० जनाको मृत्यु

काठमाडौं– केन्यामा पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी