कवाडी व्यवसायीले काठमाडौं महानगर घेर्दा जे देखियो (तस्बिरहरू) « Khabarhub

कवाडी व्यवसायीले काठमाडौं महानगर घेर्दा जे देखियो (तस्बिरहरू)



काठमाडौं- कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको हस्तक्षेपविरुद्ध निरन्तर आन्दोलन चर्काउन थालेका छन् ।

व्यवसाय सञ्चालन गर्न नदिएको भन्दै कवाडी व्यवसायीहरूले मंगलबार पनि काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका हुन् ।

काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रमा विरोध जनाउँदै कवाडी व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले मंगलबार महानगरपालिकाको कमलादीस्थित कार्यालय घेराउ गरेका हुन्। कवाड व्यवसायीहरूले दरबारमार्गदेखि कमलादी सडक क्षेत्रमा प्रदर्शन गरे ।

त्यसक्रममा उनीहरूमाथि प्रहरीले धरपकड गरेको छ । प्रहरीले लाठी हानेपछि प्रदर्शनकारी तितरबितर भएका थिए । प्रहरीले पानीको फोहरा हान्ने गाडीसमेत उतारेको थियो ।

अनाधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, कानुनी शासन लागू गर, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गरसहितका प्लेकार्ड बोकेर उनीहरू आन्दोलित भएका हुन् । उनीहरुले महानगरको ज्यादती रोक्न पनि माग गरे ।

कवाड व्यवसायीलाई नहटाउनू भन्ने उच्च अदालतको आदेश नटेरी महानगरले आफ्नो टहरामा डोजर चलाएको भन्दै व्यवसायीले  प्रदर्शन चर्काएका हुन् ।

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ५ : ३१ बजे

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले