युरोकप २०२४ : पोर्चुगल विजयी, रोनाल्डोको कीर्तिमानी « Khabarhub

युरोकप २०२४ : पोर्चुगल विजयी, रोनाल्डोको कीर्तिमानी


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल २०२४ मा पूर्वविजेता पोर्चुगलले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न खेलमा समूह डी अन्तर्गतको खेलमा चेक रिपब्लिकलाई २–१ गोलले हराउँदै पोर्चुगल विजयी भएको हो ।

पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेइकाओले एक गोल गरेका थिए । एक गोल भने चेक रिपब्लिकबाट आत्मघाती उपहार स्वरुप प्राप्त गरेको थियो । चेक रिपब्लिकका लुकास प्रोभोडले एक गोल गरेका थिए ।

खेलको ६२औँ मिनेटमा चेक रिपब्लिकका लुकासले सुरुवाती गोल गरेका थिए । तर ६९औँ मिनेटमा रिपब्लिकका रोबिन ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल र चेक रिपब्लिकको १–१ को बराबरी हुन पुग्यो ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा पोर्चुगलका फ्रान्सिस्कोले एक गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै तीन अंक जोड्दै पोर्चुगल समूह ‘डी’ को दोस्रो स्थानमा रहेको छ । गोल अन्तरका आधारमा टर्की शीर्षस्थानमा छ ।

यस खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ६ वटा युरोकपमा सहभागी हुने पहिलो खेलाडी बन्दै नयाँ कीर्तिमानी बनाएका छन् । रोनाल्डोले सन् २००४ देखि युरोकपमा लगातार छौठौँपटक सहभागी भएका हुन् ।

पोर्चुगल र चेक रिपब्लिकको यो खेलसँगै युरोकपका ६ समूहको पहिलो चरणको खेल सकिएको छ ।

यो पनि…
युरोकपमा जर्जियालाई हराउँदै टर्कीको जित

 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ७ : ३७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा