राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै | Khabarhub Khabarhub

राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् ।

जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै बिहान पौने १० बजे नेपाल फर्कने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदुत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाई गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।

सो अवसरमा दुईदेश बीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ ।

जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गरेका थिए ।

अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन आग्रह गरेका थिए ।

यसअघि स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाट्न सत्रलाई जेठ ३१ गते राष्ट्रपति पौडेलले मूख्य वक्ताका रुपमा सम्बोधन गरेका थिए ।

स्वीट्जरल्याण्डमा रहँदा राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच बर्नमा दुई देशको सम्बन्ध, आपसी सहयोग र सम्बन्ध विस्तारका पक्षमा केन्द्रित रहेर भेटवार्ता भएको थियो ।

यसैगरी राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोबीच पनि जेनेभामा शिष्टाचार भेट भएको थियो ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते साँझ त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ७ : ५१ बजे

टी–२० विश्वकप : दक्षिण अफ्रिकाद्वारा सय रन पुरा

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधिका लागि भारतले

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने माग

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा विभिन्न मुद्दामा राष्ट्रिय एकता

पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते

काठमाडौं – नेपालका विभिन्न क्षेत्रमा आज विपद्जन्य घटनामा परेर १०

तालिवानद्वारा भारतको प्रशंसा

काठमाडौं – अफगानिस्तान क्रिकेट टोलीलाई सहयोग गरेको भन्दै त्यहाँ शासन

कृषिलाई प्रविधिसँग नजोडे खाद्यसङ्कट हुनसक्ने कृषकहरुको चेतावनी

कैलाली – कृषिलाई प्रविधिसँग जोडेर विकास तथा विस्तारमा नलागे केही