सूचना माग कर्तालाई पक्राउ गरेको ब्यहोरा पेस गर्न आयोगको पत्र « Khabarhub

सूचना माग कर्तालाई पक्राउ गरेको ब्यहोरा पेस गर्न आयोगको पत्र


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सूचना आयोगले सूचना माग गरेको आधारमा अभियानकर्मी पक्राउ परिएको घटनाको यथार्थ ब्यहोरा पठाउन पत्राचार गरेको छ ।

आयोगका सचिव होमप्रसाद लुइँटेलले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई लेखेको पत्रमा घटनाका विषयमा छानबिन गरीरगराई यथार्थ विवरण पेस गर्न भनिएको छ ।

गोकर्णेश्वर नगरपालिकामा सूचना मागेको आधारमा प्रहरी वृत्त बौद्धले चारजना अभियानकर्मी पक्राउ गरेपछि आयोगले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्राचार गरेको हो । 

सूचना माग गर्ने अभियानकर्मीलाई प्रहरीले पक्राउ गरी विभिन्न नाममा मुद्दा चलाइएकामा महासङ्घले देशभरका अभियानकर्मीको ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

महासङ्घका अध्यक्ष उमीद वागचन्द र महासचिव अजयकुमार साहले जारी गर्नुभएको विज्ञप्तिमा जिल्ला कार्य समिति काठमाडौँका सदस्य अस्मिता खत्री, महासङ्घ गोकर्णेश्वर नगर समिति संयोजक आदर्श क्षेत्री एवं सूचनाको हकका अभियानकर्मीद्वय राजु सुनार र प्रेम श्रेष्ठलाई सूचना माग गरेर आतंकित गरेकाले पक्राउ गरेको भनी प्रचार गरेकामा आपत्ति जनाएका हुन् । 

अनियमितता, भ्रष्टाचार र बेथिति भएका विषयमा सूचना माग गरी सार्वजनिक गर्दा यस्तो आरोपमा पक्राउ गर्नु निन्दनीय रहेको महासंघले जनाएको छ । 

चारजना अभियानकर्मीलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानबाट सोमबार पक्राउ गरेको थियो ।

वृत्तका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले भने जिल्ला अदालत काठमाडौँको पक्राउ पुर्जी प्राप्त भएकाले चारजनालाई पक्राउ गरिएको जानकारी दिए। चारजनालाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरिएको जनाइएको छ ।

सूचना माग्न पाउनु नागरिकको संवैधानिक र कानुनी हक भएको उल्लेख गर्दै महासंघले सूचना मागेकै कारण प्रहरीले पक्राउ गर्नु विधिको शासनविपरीत भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

 सूचना माग गर्नेले कानुनविपरीत कुनै कार्य गरेका छन्भने निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही गर्न पनि महासङ्घका अध्यक्ष वागचन्दले माग गरे । सूचना माग गरेकै कारण पक्राउ गरेको भन्ने हास्यास्पद तर्क कानुनसम्मत नभएको उल्लेख गर्दै महासङ्घले घटनाको निष्पक्ष छानबिन गर्न राष्ट्रिय सूचना आयोगसमक्ष माग समेत गरेको जनाएको छ ।

पक्राउ परेका चारजनालाई निःशर्त तत्काल रिहाइका लागि महासंघले माग गरिएको छ । सूचना माग गरेकै आधारमा पक्राउ गरेर नागरिकलाई प्रश्न गर्नेलाई तर्साएर अनियमितता र भ्रष्टाचारलाई बढावा दिन खोजेको हो भने महासङ्घ कडा आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  २ : ५८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्