ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु « Khabarhub

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ रिहारमा विपरीत दिशाबाट आएको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो रिहारबाट पश्चिमतर्फ गइरहेको रा१प ११३१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ख ३४०३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–५ धर्नाका ४२ वर्षीय विनोद बस्नेत र नेपालगञ्ज उपमहानगरपालिका–४ कारकादो बस्ने ४५ वर्षीय रमेश बस्नेत रहेका छन् ।

विनोदको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र रमेशको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सवारी दुर्घटनामा संलग्न ट्रकलाई लमही–८ मा रहेको पाण्डेश्वर क्रसर उद्योगबाट नियन्त्रणमा लिइएको छ भने चालक हाल फरार रहेको र खोजी भइरहेको दाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ७ : ५३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको