पर्सा मालपोतका तीन अधिकृतलाई जनही आठ वर्ष कैद र साढे दुई करोड जरिवाना « Khabarhub

भ्रष्टाचार मुद्दा

पर्सा मालपोतका तीन अधिकृतलाई जनही आठ वर्ष कैद र साढे दुई करोड जरिवाना


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले मालपोत कार्यालयका ३ जना तत्कालीन अधिकृतहरूलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जनही ८ वर्ष कैद हुने फैसला सुनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक २० गते दायर गरेको मुद्दामा अन्तिम निर्णय सुनाउँदै विशेष अदालतले सोमबार ती ३ जना अधिकृतहरूलाई ८ वर्ष कैदसँगै जनही साढे २ करोड रुपैयाँ जरिवाना पनि गराउने फैसला दिएको छ ।

मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी र कम्युटर अधिकृत कुमोद भण्डारीलाई जनही ८-८ वर्ष कैद सजाय निर्धारण भएको हो ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर रानाको इजलासले भ्रष्टाचार प्रकरणमा यसअघि नै दोषी ठहर उनीहरूको सजाय बुधबार निर्धारण गरेको हो ।

यस प्रकरणमा विशेषले अन्य अधिकृतहरू गोपालबहादुर ढुंगानालाई ४ वर्ष कैद सजाय र ७० लाख ९१ हजार ९०० रुपैयाँ जरिवाना निर्धारण गरेको छ ।

उता अर्का अधिकृत पदमप्रसाद अर्याललाई २ वर्ष कैद सजाय र ३३ लाख ६६ हजार २०० रुपैयाँ जरिवाना हुने फैसला पनि विशेषले दिएको छ ।

विशेषले यसअघि जेठ २८ गते नै अर्का प्रतिवादी चन्द्रबहादुर भण्डारीको हकमा ६ महिना कैद र बिगोको दोब्बर ४ लाख ८८ हजार ९०० जरिवाना तिर्नुपर्ने फैसला सुनाइसकेको छ ।

यो प्रकरणमा मुछिएका मालपोत अधिकृत किरणप्रसाद उपाध्यायको भने निधन भइसकेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेका उपाध्यायको जरिवाना भने उनका छोराहरूबाट असुलउपर गर्नुपर्ने फैसला आएको छ ।

उपाध्यायको यो बिगो विशेषको फैसलाअनुसार छोराहरू राजकिशोर, गौतम, पशुपति र मुरारी उपाध्यायबाट दामासाहीले असुलउपर गरिने छ ।

भ्रष्टाचार मुद्दामा दोषी उपाध्यायबाट विशेषले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ ७५ पैसा बिगो तिराउने फैसला गरेको छ ।

यस प्रकरणमा दोषी पाइएका हरिणारायण मिश्रले १ करोड २५ लाख ११ हजार ९९ सय ९० बिगो तिर्नुपर्ने भएको छ ।

के थियो प्रकरण ?

आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको दाबी अख्तियारले गरेको थियो ।

उक्त अवधिमा जग्गा किनबेचका क्रममा एकै रजिष्ट्रेशन नम्बर राखी लिखतहरू पारित गरी उठाएको राजस्व दाखिला नगरी हिनामिना गरेको भ्रष्टाचारजन्य कसुरमा उनीहरू संलग्न भएको अख्तियारले अनुसन्धानबाट पत्ता लगाएको थियो ।

अख्तियारले तत्कालीन मालपोत अधिकृत हरिणारायणविरुद्ध दुई करोड नौ लाख ३१ हजार छ सय ४७ रुपैयाँ राजश्व हिनामिनाको मुद्दा चलाएको थियो ।

त्यसैगरी अर्का मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध एक करोड ४९ लाख ६९ हजार एक सय ४५ रुपैयाँ हिनामिना गरेको मुद्दा थियो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : २६ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र