कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित « Khabarhub

कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाको बैठक चलिरहेको बेला कर्मचारीहरूले असहयोग गरेपछि बुधबार बैठक स्थगित भएको हो । 

यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो । तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि संसद् चलाएपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर सांसद तथा मन्त्रीको प्रत्यक्ष प्रसारण रोकेका थिए । 

आजको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मन्त्रीले जवाफ दिने क्रम चलिरहेको थियो ।

अब संसद्को अर्को बैठक बिहीबार ११ बजे बस्ने गरि स्थगित भएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : २८ बजे

शुक्रबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन ८ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा