बढ्दो सैन्य खर्चका कारण पाकिस्तान आर्थिक समस्यामा « Khabarhub

बढ्दो सैन्य खर्चका कारण पाकिस्तान आर्थिक समस्यामा


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बढ्दो सैन्य खर्चका कारण पाकिस्तानमा आर्थिक संकट उत्पन्न भएको पाइएको छ । पाकिस्तानी सेनाले पछिल्लो समय गैरजिम्मेवार हिसाबले गर्दै आएको रक्षा उपकरणको खरिद एवम् सैन्य अधिकारीहरुको विदेश भ्रमणका कारण पाकिस्तानको आर्थिक अवस्था दयनीय बन्न पुगेको अल अरबिया पोस्टले उल्लेख गरेको छ ।

पछिल्लो समय पाकिस्तानको सार्वजनिक ऋण ६७० खर्ब पाकिस्तानी रुपैयाँ बराबर पुगेको छ । पाकिस्तानी सेनाले टर्की, चीनजस्ता मुलुकबाट उच्च मूल्यमा रक्षा सामग्रीको खरिद गर्दै आएको छ ।

त्यसबाहेक सैन्य अधिकारीको विदेश भ्रमणका कारण पनि ठूलो परिमाणमा राष्ट्रिय ढुकुटी रित्तिरहेको देखिन्छ । गत वर्ष पाकिस्तानी सेनाले ८ अर्ब ५२ करोड अमेरिकी डलर खर्च गरेको थियो भने यस वर्ष त्योभन्दा धेरै खर्च गर्ने अनुमान गरिएको छ ।

स्विडेनस्थित स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार सन् २०११ मा पाकिस्तानको सैन्य खर्च कुल ग्राहस्थ उत्पादनको ३ दशमलब ३ प्रतिशत रहेकोमा सन् २०२० मा यो बढेर ४ प्रतिशत पुगेको थियो । विश्वमा औसत रक्षा खर्च कुल ग्राहस्थ उत्पादनको २ दशमलब ४ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ८ : ३३ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब