सैनामैनामा सीप विकास प्रतिष्ठान बन्ने « Khabarhub

सैनामैनामा सीप विकास प्रतिष्ठान बन्ने


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – सरकारले बनाउन लागेको सीप विकास प्रतिष्ठान रुपन्देहीको सैनामैनामा बन्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिष्ठान निर्माण गर्ने भएपछि सैनामैना नगरपालिकाले उपलब्ध गराएको जग्गाको आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले स्थलगत अवलोकन गरेका छन् ।

सरकारले देशका तीन स्थानमा केन्द्रीयस्तरको सीप विकास प्रतिष्ठान निर्माण गर्ने भएको हो । प्रतिष्ठान निर्माणका लागि सैनामैना नगरपालिका–७ लम्टैयामा ४० बिघा क्षेत्रफलको जग्गा उपलब्ध गराइएको छ ।

मन्त्री बिष्टले नेपालको नारायणी नदी पश्चिमदेखि धनगढीसम्मका हजारौँ युवालाई सीप प्रदान गर्ने खालको प्रतिष्ठान सैनामैनामा निर्माण हुने जानकारी गराए । उनले अहिले विदेश जाने अधिकांश युवा दक्ष सीप नभएकै कारण विदेशमा उचित पारिश्रमिकबिना काम गर्नु परेको बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : ०६ बजे

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

किएभमा रुसको भीषण हवाई हमला, दुई जनाको मृत्यु

युक्रेन– रुसले युक्रेनको राजधानी किएभ माथि पुनः ठूलो हवाई हमला