विश्वकै ठूलो टापु किन्ने ट्रम्पको मनशाय, संसार चकित « Khabarhub

विश्वकै ठूलो टापु किन्ने ट्रम्पको मनशाय, संसार चकित


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति कारोबारका क्षेत्रमा ठूलो नाम छ । उनले विश्वका विभिन्न मुलुकमा सम्पत्ति खरिद गरी विशाल भवन, होटेल, गल्फकोर्स बनाएका छन् । तर, पछिल्लो समय ट्रम्पले विश्वको सबैभन्दा ठूलो टापु नै खरिद गर्ने मनशाय व्यक्त गरेका छन् ।

ट्रम्पले विश्वकै सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड डेनमार्कबाट खरिद गरेर अमेरिकामा गाभ्ने मनशाय व्यक्त गरेपछि अहिले सारा संसार चकितमा परेको छ ।

अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति ट्रम्पले आफ्ना साथीहरुसँग भोजन गर्ने क्रममा संसारकै सबैभन्दा विशाल टापु ग्रिनल्याण्डलाई डेनमार्कसँग खरिद गरी अमेरिकामा गाभ्ने मनशाय व्यक्त गरेका थिए ।

उनले आफ्ना सल्लाहकार तथा साथीहरुसँग रात्रीभोजका क्रममा ‘केही हदसम्मको गम्भीरताका साथ’ ग्रिनल्याण्ड खरिद गर्ने कुरा गरेका थिए । त्यस रात्रीभोजमा सहभागीहरुले ट्रम्प ग्रिनल्याण्ड खरिद गर्न गम्भीर छन् वा उनले मजाक गरिरहेका छन्, भन्ने छुट्याउन नसकेको अमेरिकी सञ्चारमाध्यमको भनाइ छ ।

यता डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्याण्डले भने अमेरिकी राष्ट्रपतिको मनशायको चर्को आलोचना गरेको छ । ग्रिनल्याण्डको प्रशासनले ‘आफूहरु व्यापारका लागि खुला रहेको तर, टापु नै बिक्री गर्न भने कदापी तयार नरहेको’ टिप्पणी गरेको छ । अर्कोतर्फ डेनमार्कका पूर्व प्रधानमन्त्री लार्स लोके रस्मुसेनाले पनि ट्वीट गर्दै यसलाई ‘अप्रिल फूलको मजाक’ को संज्ञा दिँदै यसको सम्भावना नरहेको जनाएका छन् ।

के हो ग्रिनल्याण्ड ?

आन्ध्र महासागरको उत्तरमा रहेको ग्रिनल्याण्ड विश्वकै सबैभन्दा ठूलो टापु हो । ग्रिनल्याण्ड डेनिस अधिराज्य अन्तर्गतको स्वतन्त्र क्षेत्रका रुपमा रहेको छ । केबल ५६ हजार जनसङ्ख्या रहेको ग्रिनल्याण्डको अधिकांश हिस्सा हिउँले ढाकिएको छ । यहाँ युरेनियम, कोइला, जिंक, तामा, फलाम लगायतका खनिज पदार्थको ठूलो भण्डार रहेको विश्वास गरिन्छ ।

यहाँ आत्महत्या, बेरोजगारी तथा मद्यपान सेवन पनि अत्यधिक हुने गरेको छ । यसअघि सन् १८६७ मा पनि तत्कालिन अमेरिकी राष्ट्रपति एण्ड्रियू जोनसनले ग्रिनल्याण्ड खरिद गर्नेबारे चासो देखाएको अमेरिकी विदेशमन्त्रालयको अभिलेखमा उल्लेख छ । यद्यपि पछिल्लो समय सन् १९४६ मा तत्कालिन अमेरिकी राष्ट्रपति ह्यारी ट्रयुमनले भने औपचारिक रुपमा नै डेनमार्कसँग १० करोड अमेरिकी डलरमा ग्रिनल्याण्ड खरिद गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव डेनमार्कले अस्वीकार गरेको थियो ।

इतिहासमा अमेरिकाले विभिन्न मुलुकहरुसँग भूमि खरिद गर्दै आएको छ । अमेरिकाले सन् १८०३ मा फ्रान्सबाट २१ लाख वर्गकिलोमिटरको लुइजियानाको भूमि १ करोड ५० लाख अमेरिकी डलरमा खरिद गरी आफ्नो मुलुकमा गाभेको थियो । त्यस्तै, सन् १८६७ मा रुससँग ७२ लाख अमेरिकी डलरमा अलास्का खरिद गरेको थियो । त्यस्तै, सन् १८९८ मा स्पेनसँग २ करोड डलरमा फिलिपिन्स खरिद गरेको थियो ।

पछिल्लो समय सन् १९१७ मा डेनमार्कसँग २ करोड ५० लाख डलरमा वेष्ट इण्डिजमा रहेका टापुहरु खरिद गरी भर्जिन आइल्याण्ड नामकरण गरेको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ८ : ३५ बजे

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार