‘ताज’ बन्यो विश्वकै सबैभन्दा प्रतिष्ठित होटेल ब्राण्ड « Khabarhub

‘ताज’ बन्यो विश्वकै सबैभन्दा प्रतिष्ठित होटेल ब्राण्ड


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको ‘ताज’ होटेल विश्वकै सबैभन्दा प्रतिष्ठित होटेल ब्राण्ड बनेको छ ।

इण्डियन होटेल कम्पनी (आईएचसीएल) ले विज्ञप्ति जारी गर्दै ताज ब्राण्ड फाइनान्सको सबैभन्दा प्रतिष्ठित होटेल ब्राण्ड बन्न पुगेको जानकारी दिएको हो ।

भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार ताज ब्राण्ड फाइनान्सले जारी गरेको विश्वको सबैभन्दा प्रतिष्ठित र बलियो होटेल ब्राण्डको शीर्ष स्थानमा रहेको छ ।

ब्राण्ड फाइनान्सको होटेल ५० प्रतिवेदनमा ताजको ब्राण्ड भ्यालु ४५ प्रतिशतले बढेर ५४ करोड ५० लाख डलर पुगेकोे उल्लेख छ ।

ब्राण्ड स्ट्रेन्थ सूचकांकमा ताजलाई १०० मा ९२ दशमलब ९ अंक दिइएको छ भने यसको रेटिङ एएए प्लस छ, जुन ब्राण्ड फाइनान्सको उच्चतम रेटिङ हो ।

प्रतिष्ठित ताज ब्राण्ड विश्वकै सबैभन्दा प्रतिष्ठित ब्राण्ड बन्न पुगेकोमा गौरवान्वित रहेको आईएचसीएलका प्रमुख कार्यकारी एवम् प्रबन्ध निर्देशक पुनित छतवलले जनाएका छन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ८ : ५५ बजे

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी