१० अंकले घट्यो नेप्से, जीवन बीमा समूहमा भारी गिरावट « Khabarhub

१० अंकले घट्यो नेप्से, जीवन बीमा समूहमा भारी गिरावट


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साताको अन्तिम अर्थात् बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । यसरी गिरावाट आउँदा सबैभन्दा बढी जीवन बीमा समूहमा गिरावट आएको छ ।

आज नेप्से १०.४४ अंकले बढ्दा जीवन बीमा समूहको परिसूचक ८२ अंकले घटेको छ । अन्य दिनको तुलनामा कारोबारमा पनि कमी आएको छ ।

बिहीबार ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँको ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर ५३ हजार १७ पटक किनबेच भएको छ ।

बिहीबार ५२ वटा कम्पनीको मूल्य वृद्धि हुँदा सबैभन्दा बढी फाइन्यस समूहमा उत्साह देखिएको छ ।

आज एकै दिन फाइन्यस समूहमा ४२.०२ अंकले वृद्धि भएको छ । फाइन्स समूहमा ११ वटा कम्पनीले शेयर मूल्य बढेको छ भने १ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा फाइन्सको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज नेप्से १० अंकले घटेसँगै १८६ वटा कम्पनीको शेयर मूल्यमा पनि गिरावट आएको छ । १३ वटा समूहमध्ये १२ वटा समूहको शेयर मूल्यमा पनि गिरावट आएको छ । बिहीबार नेप्सेमा ३०६ वटा कम्पनीको शेयर कारोबार हुँदा ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स २.६९ अंकले, फ्लोट इन्डेक्स ०.७३ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९३ अंकले घटेको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ३ : २१ बजे

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी