बाढीले इकुवा खोलाको पुल बगाउँदा संखुवासभामा आवागमन ठप्प  | Khabarhub Khabarhub

बाढीले इकुवा खोलाको पुल बगाउँदा संखुवासभामा आवागमन ठप्प 


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

किमाथांका सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएको छ। गएराति अविरल वर्षासँगै आएको बाढीपहिरोले इकुवा खोलामाथिको पक्की पुल बगाएको हो । 

मकालु गाउँपालिका–३ स्थित इकुवा खोलाको पुल बगाउँदा भोटखोला गाउँपालिकासम्मको आवागमन ठप्प भएको छ । 

पहिरोले मकालु–३भोटखोला–४ को बीचमा रहेको इकुवा खोलामाथिको पुल बगाउँदा उत्तरी क्षेत्रको यातायात आवागमन ठप्प भएको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए। उनका अनुसार उत्तर–दक्षिण राजमार्गमा पर्ने उक्त पुल २० मिटर लामो थियो ।

पुल पिलरसहित बगाउँदा चार करोड बढीको क्षति भएको आयोजनाका प्रमुख कोइरालाले बताए। उक्त पुल २०७९ सालमा निर्माण गरिएको थियो । पुल बगाएपछि मकालु गाउँपालिकाका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । 

यसअघि सदरमुकाम खाँदबारीबाट भोटखोलाको बरुणसम्मको ८० किलोमिटरसम्म यातायात सञ्चालन हुँदै आएको थियो । 

पहिरोले उत्तर–दक्षिण राजमार्गमा पर्ने विभिन्न सडक खण्डमा क्षति पुर्‍याउनुका साथै गत जेठ ३१ गते राति आएको बाढीले कोशी राजमार्गस्थित सभाखोलाको पक्की पुल जोखिममा परेको इन्जिनियर कोइरालाले बताए। 

उनका अनुसार चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने हेवा खोला, चिचिला गाउँपालिका–२ र ३ जोड्ने खोलाका साथै अरुण तेस्रो पावर हाउस जाने छ्याङ र कागुवा खोलाको पक्की पुलमा समेत क्षति पुगेको छ । 

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ४ : ३० बजे

प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने

काठमाडौं– ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा सरकारले

एभरेस्ट होटेलमा मिराजको पत्रकार सम्मेलन (तस्बिरहरू) 

 काठमाडौं– जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

काठमाडौं– बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष