भारतीय ‘बाबा ग्याङ’का सदस्य रौतहटबाट पेस्तोलसहित पक्राउ « Khabarhub

सहकारीका कर्मचारीलाई गोली प्रहार प्रकरण

भारतीय ‘बाबा ग्याङ’का सदस्य रौतहटबाट पेस्तोलसहित पक्राउ


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

रौतहट- प्रहरीले रौतहटको मौलापुरबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एकजना भारतीय युवकलाई पक्राउ गरेको छ ।

मौलापुर नगरपालिका-५ पथराबाट बुधबार दिउँसो भारतीय नागरिक मोनुकुमार जयसवाल पक्राउ परेका हुन् ।

गत जेठ २२ गते बुधरामस्थित माँ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई गोली हानी फरार रहेकाको खोजीका क्रममा जयसवाल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार तिनै भारतीय नागरिक उक्त घटनामा संलग्न रहेको आशंका छ । थप

पक्राउ परेका जयसवाल बिहार राज्यको मोतिहारीमा ‘बाबा ग्याङ’ नामक आपराधिक समूहका सदस्य रहेको प्रहरीले जनाएको छ

उनी यसअघि पनि नेपाल-भारत सीमा क्षेत्रमा लुटपाटको घटनामा संलग्न भइरहने र तस्करीमा सक्रिय रहेको उपरीक्षक घिमिरेले बताए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ६ : १५ बजे

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज