रक्षा सहकार्यलाई निरन्तरता दिन भारत र इटाली सहमत « Khabarhub

रक्षा सहकार्यलाई निरन्तरता दिन भारत र इटाली सहमत


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रक्षा सहकार्यलाई निरन्तरता दिने विषयमा भारत र इटाली सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इटाली भ्रमणका क्रममा रक्षा सहकार्यलाई निरन्तरता दिने विषयमा दुई मुलुक सहमत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सका अनुसार युरोपेली युनियनमा इटाली भारतको चौथो ठूलो व्यापारिक साझेदार मुलुक हो । प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा दुई मुलुकबीच रणनीतिक एवम् कूटनीतिक सम्बन्ध पनि विस्तार भएको छ ।

भारत र इटालीले द्विपक्षीय सम्बन्धलाई ‘रणनीतिक साझेदारी’ स्तरमा विस्तार गरेका छन् भने दुई मुलुकबीच व्यापार, ऊर्जा, विज्ञान प्रविधिजस्ता क्षेत्रमा पनि सहकार्य रहँदै आएको छ ।

दुई मुलुकबीच आर्थिक वर्ष सन् २०२२/२३ मा १५ अर्ब डलर बराबरको द्विपक्षीय व्यापार भएको थियो । यो व्यापार इतिहासकै उच्च रहेको इकोनोमिक टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ८ : ०३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले