धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्न सांसद् ढकालको माग « Khabarhub

धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्न सांसद् ढकालको माग


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विषयमा संसदमा प्रश्न उठाएका छन् ।

बिहीबार बसेका संसद बैठकको शुन्य समयमा बोल्दै सांसद ढकालले बोर्डको अध्यक्ष नियुक्त नहुँदा लगानीकर्ताहरु मर्कामा परेको बताएका हुन् । उनले तत्काल बोर्डको अध्यक्ष नियुक्त गर्नु पर्ने माग राखेका छन् ।

उनले भने, ‘ नेपालको पुँजी बजारमा ६५ लाख लगानीकर्ता प्रत्यक्ष लगानी गर्छन् । जसको नियामक बनेको नेपाल धितोपत्र बोर्डलाई मैले पुहोर तिर ढिलोपत्र बोर्ड भनेको थिए । गत पुष २१ गतेदेखि बोर्डका अध्यक्ष छैन । माघ ३ गते बसेको मन्त्रीपरिषद्ले अध्यक्ष सिफारिस समिति बनाउँछ । फागुनमा अध्यक्ष माग हुन्छ जसमा १९ जनाको आवेदन पर्छ । चैत २५ गते पाँच जनाको नाम सिफारिस हुन्छ । चैत २५ गतेदेखि पाकेको खिचडि अब त भाग लाउने बेला भयो होला नि ?’

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ८ : २५ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर