कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प छैन : उपाध्यक्ष सापकोटा « Khabarhub

कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प छैन : उपाध्यक्ष सापकोटा


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प नरहेको बताएका छन् ।

उनले समाजवादी व्यवस्था कम्युनिष्टको बलियो उपस्थितिमा मात्रै सम्भव हुने बताए । ४७औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३३औँ किसान सङ्घर्ष दिवसको अवसरमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सापकोटाले आफ्नो पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले आशा जगाएको जिकिर गरे ।

पार्टीका प्रवक्ता सापकोटाले जनताले स्थायी सरकार र सत्ता चाहेकाले कम्युनिष्ट एकताले मात्रै जनताको सपना पूरा गर्ने धारणा राखे ।

पछिल्लो समयमा सस्तो लोकप्रियतावादीहरुले जनतामा भ्रम फैलाएको बताउँदै उनले भने,“लोकप्रियतावादीहरुले ठूलठूलो स्वरमा देश भक्तिको नौटङकी गरिरहे पनि त्यसको वास्तविक पहरेदार माओवादी मात्रै हो भ्रमित हुनुहुँदैन ।”

आयोजक सङ्गठन अखिल नेपाल किसान महासङघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले जुगेडी किसान विद्रोहको स्मरण गर्दै अहिले पनि जनतालाई शोषण र दमन गर्ने प्रक्रिया नरोकिएकोप्रति रोष व्यक्त गरे ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ९ : ५४ बजे

एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीहरुले मनाउने एक महिने गुँला पर्व आज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१