नेपाल शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी : प्रधानमन्त्री « Khabarhub

नेपाल शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी : प्रधानमन्त्री


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी भएको बताएका छन् । 

विश्व योग दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । 

उनले प्राचीनकालमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिहरूले दीर्घ तपः साधनाको माध्यमबाट योगाभ्यासको विकास र प्रवर्द्धन गरेको बताए। 

यस्तै योग अभ्यासको ज्ञान र परम्परा अहिले पनि उत्तिकै सान्दर्भिक र जीवनका लागि उर्जा प्रदायक रहेकाले वर्तमान परिवेशमा योगाभ्यास र शिक्षा सम्बन्धी उचित नीतिहरूको प्रबन्ध, प्रभावकारी संरचनात्मक व्यवस्था र नेपालको अभ्यासको विश्वव्यापिकरण ध्यान दिनुपर्नेमा उनको जोड छ ।

 प्रधानमन्त्री प्रचण्डले भने, ‘योग, साधनाजस्ता पक्षलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी यसलाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दुष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न योग दिवस सफल रहोस् भन्ने समेत शुभकामना व्यक्त गर्दछु।’

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ६ : ४८ बजे

ट्रम्पको महासभा सम्बोधनमा युद्ध, शान्ति र हर्मुजको मुद्दा

संयुक्त राष्ट्रसङ्घ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभालाई मङ्गलबार

‘जल्नुअघि चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा प्रहरीले संवेदनशीलता देखाएन, गृहमन्त्रीको जवाफ चाहियो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले त्रिपुरेश्वरमा

यमनमा मानवीय संकट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

एजेन्सी– यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट

शंकर पोखरेलले भने- अध्यक्षसँग मेरो मतभेद छैन, कुनै अभियोग लगाउन खोजेको होइन 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा

पोखरा रंगशालास्थित क्रिकेट मैदानको मर्मत–सम्भार (तस्बिरहरू)

काठमाडौं– पोखरा रंगशालास्थित क्रिकेट मैदानको मर्मत–सम्भार गरिँदै ।  आईसीसी टी–२०