इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण | Khabarhub Khabarhub

इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

फिक्कल– जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको  छ। माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ वितरण गरेको हो ।

कोशी प्रदेश सरकारको बाख्रापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत किसानको लागत साझेदारीमा बाख्रा वितरण गरिएको माङसेबुङ गाउँपालिका ४ नं वडाध्यक्ष नवीन लिम्बूले बताए ।

उक्त कार्यक्रमअन्तर्गत सो वडाका सगरमाथा बाख्रापालन समूह, सरस्वती बाख्रापालन समूह र मिलिजुली बाख्रापालन समूहले प्रतिसमूह २६ वटाका दरले ७८ वटा उन्नत जातका पाठी र प्रतिसमूह दुईवटाका दरले छ वटा ब्याडेबोका पाएका छन् । प्रत्येक समूहमा १३ जना किसान आबद्ध छन् । 

बाख्रापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत समूहमा आबद्ध किसानले खोर निर्माण, घाँसखेती व्यवस्थापनलगायत पशुपालनका निम्ति आवश्यक काम गरेका छन् । किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा ३० लाख प्रदेश सरकारबाट प्राप्त भएको थियो भने १० लाख तीनवटा बाख्रापालन समूहको लागत साझेदारी रहेको थियो ।

‘ग्रामीण क्षेत्रका किसानलाई बाख्रापालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप सञ्चालित कार्यक्रमले किसानमा उत्साह थपेको छ’, वडा अध्यक्ष लिम्बूले भने, ‘यस्ता कार्यक्रम शून्य लागत सहभागितामा बढाउन सके किसानको आयमा वृद्धि हुने थियो ।’

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : ५४ बजे

तस्बिरमा हेर्नुहोस् सुन्दर महेन्द्र गुफा

काठमाडौं– विंसं २०१६ अघिसम्म अँधेरी भुवन भनेर चिनिने गुफा हो

विचार नमिल्नेलाई सञ्जालमा किन काढिन्छ उछितो ?

सामाजिक सञ्जाल विचार राख्ने ‘प्लाटफर्म’ हो । जहाँ तर्क, आलोचना

वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई

निरन्तर हिमपात : ‘हिडन भ्याली’मा तीन बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा

म्याग्दी– निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब