गैरसरकारी संस्था ‘लगामबिनाका घोडा’, सीमास्तम्भको सुरक्षामा ध्यान कहिले ? | Khabarhub Khabarhub

गैरसरकारी संस्था ‘लगामबिनाका घोडा’, सीमास्तम्भको सुरक्षामा ध्यान कहिले ?


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियारले पाठकमाथि कारबाही थाल्यो शीर्षकमा आजको राजधानी दैनिकले समाचार छापेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा मुछिएका पूर्व आयुक्त राजनारायण पाठकलाई कारबाही गर्नका लागि अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

त्यसैगरी काठमाडौंमा जामले सास्ती क्याप्सन सहितको जमलको सडकमा गाडीहरुको जामको फोटो छापेको छ । त्यस्तै सर्वोच्चका न्यायाधीश जोशीले दिए राजिनामा शीर्षकमा अर्को समाचार छापेको छ भने पहिलो पृष्ठमै गैरसरकारी संस्था ‘लगामबिनाका घोडाजस्ता’ शीर्षकमा अर्को समाचार छापेको छ ।

मुलुकको विकास, जनताको आयस्तरमा वृद्धि र सामाजिक उत्थानमा महत्वपूर्ण योगदान पु¥याएको दावी गर्दै आए पनि नेपालका गैरसरकारी संघसंस्था परम्परागत शैलीमै सञ्चालन भइरहेको र मुलुकको विकासमा खासै योगदान पु¥याउन नसकेको सरकारकै अध्ययनले देखाएको छ ।

त्यसैगरी पत्रिकाले पृष्ठ ८ मा भारतलाई जवाफ दिने पाकिस्तानको चेतावनी शीर्षकमा समाचार छापेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पुलवामा हमलालाई लएर पास्तिानमाथि लगाएको आरोपप्रति कडा आपत्ति प्रकट गरेका छन् ।
त्यस्तै, डोल्पा काइके गाउँपालिका–२ सहताराकी ४० वर्षीया शान्ति बुढाको प्रसव समस्या जटिल भएपछि हेलिकोप्टरबाट उद्दार गरी नेपालगन्ज मेडिकल कलेज शिक्ष अस्पताल कोहलपुर ल्याइएको समाचार छापेको छ ।

पत्रिकाले सीमास्तम्भको सुरक्षामा ध्यान देऊ शीर्षकमा सम्पादकीय छापेको छ । नेपाल–भारत सीमा क्षेत्रका तीन गुणभन्दा बढी सीमास्तम्भ हराएका छन् । नेपाल–भारतबीच भएका ८ हजार ५ सय ५४ सीमास्तम्भमध्ये २ हजार ३ सय ४४ वटा सीमास्तम्भ हराएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ६ : ०८ बजे

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि आजै

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

जेनजी शहीदको सम्झनामा आज देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय