इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र टोटेनह्यमको बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र टोटेनह्यमको बराबरी


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटी र टोटेनह्यमले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा सिटी र टोटेनहम दुवैले २-२ गोल गरे ।

सिटीको घरेलु मैदानमा भएको खेलमा उसैले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकिएको हो । खेलको २० औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट नबित्दै टोटेनह्यमका एरिक लामेलाले गोल गर्दै खेल १-१ को बरारबीमा ल्याए ।

३५ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै घरेलु टोली सिटीले पूनः खेलमा अग्रता लिएको थियो । पहिलो हाफमा २-१ को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप एक गोल खाँदा गोल गर्न भने सकेन् । ५६ औं मिनेटमा टोटेनहमका लुकास मौराले गोल गर्दै खेल २-२ को बरारबीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा सिटीकाआ ग्राबियल जिससले गरेको गोल रेफ्रीले मान्यता दिएनन् । यस बारबरीसँगै सिटीले २ खेलबाट ४ अंक जोडेको छ । सिटी लिगको तेस्रो स्थानमा छ । टोटेनहमको पनि २ खेलबाट ४ अंक सहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ०९ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट