योग कुनै धर्मसँग हैन, मानव स्वास्थ्यसँग सम्बन्धित छ : अध्यक्ष ओली « Khabarhub

योग कुनै धर्मसँग हैन, मानव स्वास्थ्यसँग सम्बन्धित छ : अध्यक्ष ओली


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योग कुनै धर्मसँग नभई मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित रहेको बताएका छन्।

योग दिवसका अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले योगले शारीरिक, मानसिक स्वस्थताका साथै पवित्र आचरणका लागी मार्ग निर्देशन गर्ने भएकाले यो कुनै धर्मसँग सम्बन्धित नरहेको बताएका हुन् ।

उनले योगले मान्छेभित्र रहेका खराब तत्त्वहरूलाई निकाल्न मद्दत गर्दै असर मान्छे बनाउन सक्ने धारणा राखे ।

योग अनुशासित पवित्र जीवन भएको भन्दै उनले योग मानव मस्तिष्क स्वस्थ रहोस् भन्ने कुरासँग पनि सम्बन्धित रहेको उनको भनाइ छ ।

उनले योगलाई विश्वव्यापीकरण गर्नुपर्ने र यसका लागि धेरै अन्तर्राष्ट्रिय क्षेत्रबाट पहल भइरहेको बताए ।

तस्बिरमा हेर्नुहाेस् : 

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ३ : ४३ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,