चीनमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो | Khabarhub Khabarhub

चीनमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – यो साता दक्षिणी चीनको गुआङडोङ प्रान्तमा मुसलधारे वर्षा र बाढीबाट मृत्यु हुनेको सङ्ख्या बढेर शुक्रबार ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

सरकारी प्रसारक सिसिटिभीले पूरा साता मुसलधारे वर्षाका कारण आएको पहिरो र बाढीबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएको तथा अर्बौं युआनको नोक्सान भएको छ ।

केही क्षेत्रमा यो साता शताब्दीकै सबैभन्दा ठूलो बाढीमध्येको एक आएको सिसिटिभीले बताएको छ । अधिकारीहरूले बिहीबार नौ जनाको मृत्यु भएको बताए पनि शुक्रबार दिउँसोसम्म मर्नेको सङ्ख्या बढेर ३८ पुगेको छ ।

“प्रकोपको गम्भीरताका कारण फसेका मानिसको खोजी र उद्धार कार्य कठिन भएको छ र समय लाग्नेछ”, सिसिटिभीले भनेको छ । मुसलधारे वर्षाबाट ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् ।

चीनको अधिकांश भागमा यो साता ३५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेपछि दक्षिणी क्षेत्रमा मुसलधारे वर्षा भएको छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले ठूलो वर्षा र लु जस्ता चरम मौसमलाई थप बारम्बार र तीव्र बनाउँछ । हरित गृह ग्यास जलवायु परिवर्तनको प्रमुख कारण हो र चीन विश्वको सबैभन्दा ठूलो हरित गृह ग्यास उत्सर्जक हो ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : ३१ बजे

नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, एक भारतीयमार्फत् लिएका थिए १९ लाख घुस

काठमाडौं- नेपाल बैक लिमिटेड सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध

संघीय अस्पतालमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने मन्त्रालयको तयारी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार

रक्षा सहकार्य मजबुत बनाउन भारत र अष्ट्रेलिया प्रतिबद्ध

काठमाडौं– भारत र अष्ट्रेलियाले रक्षा सहकार्यलाई मजबुत बनाउँदै लैजाने प्रतिबद्धता

इजरायलद्वारा गाजामा सहायता प्रवाहमा अवरुद्ध

एजेनसी– इजरायलले सोमबार गाजाका लागि सहायता लिएर आएको डुङ्गालाई अवरुद्ध

सप्तकोशीमा ज्यान गुमाएका गोताखोरका बुवा भन्छन् : छोरोले एक दिनअघि घरखर्च सोधेको थियो …

सप्तकोशीमा ज्यान गुमाउनु एक दिनअघि सुरजले फोनमा बासँग भनेका थिए–