आश्रय सुधार केन्द्रमा समुदाय प्रहरी साझेदारी कार्यक्रम « Khabarhub

आश्रय सुधार केन्द्रमा समुदाय प्रहरी साझेदारी कार्यक्रम


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैचा – मोरङको सुन्दरहरैंचा नगरपालिका ३ मा रहेको आश्रय सुधार केन्द्र भित्र समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।

इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक तेज बहादुर दाहाल र लक्ष्मिमार्गस्थित ससत्र प्रहरी बलका डीएसपी कृष्ण बस्ने लगायको टीमले बिहिबार आश्रय सुधार केन्द्र भ्रमण गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको हो।

सुधार केन्द्र भित्रको बस्तु स्थिती बुज्दै उपचारमा रहेका बिमारीहरुलाइ लागू औषध,यसको दुरुपगोग तथा अन्य कानुनी पाटोको बारेमा जानकारी गराएको सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले जानकारी दिए ।

लागू औषध,यसको दुरुपगोग तथा अन्य कानुनी पाटोको बारेमा प्रहरी निरिक्षक दाहाल र डीएसपी बस्नेले प्रशिक्षण दिएका थिए। लागुऔषध दुर्व्यसनी तथा मादक पदार्थ सेवन गर्दै समाजमा नकरात्मक कृयाकलाप तर्फ उत्साहित भएका युवाहरूलाई त्यस्ता खराब कुलतबाट टाढा राख्न स्थापना भएको सुधार केन्द्रमा अहिले पनि ७७ जना मानिस रहेको संयोजक खत्रीले बताए।

दुर्व्यसनमा फसेकाहरुलाई केन्द्रले समूह बनाएर काउन्सीलिङ गर्ने,उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने र स्थापना बिभिन्न पद्धतीबाट उपचार गर्दै आएको संयोजक खत्रीले बताए।

सुधार केन्द्र भित्र रहेका लागुऔसध दुर्ब्यवसनीहरूलाई थेरापीको माध्यमबाट उपचार गरिन्छ भने अर्को माया अनी स्नेह दिएर पनि उपचार गराउदै आएको बताए । सुधार केन्द्रले लागुऔसधमा फसेकाहरुलाई मात्र होइन समाजमा रहेका गरिव बिपन्न र असाहयलाई समेत सगयोग गर्दै आइरहेको छ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ८ : ५७ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश