प्रहरी प्रधान कार्यालयमा टीआरसी विधेयकबारे छलफल « Khabarhub

प्रहरी प्रधान कार्यालयमा टीआरसी विधेयकबारे छलफल


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको टीआरसी विधेयकका सम्बन्धमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरसहित पूर्वप्रहरी महानिरीक्षकहरूबीच छलफल भएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा विधेयकमा समेटिनुपर्ने विषयहरूको बारेमा उनीहरूबीच छलफल भएको हो ।

छलफलमा प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य, पूर्वकानुनमन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, अवकाशप्राप्त प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, नेपाल प्रहरी पूर्वसंगठन प्रमुख मञ्चका संयोजक एवम् अवकाशप्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराको उपस्थिती थियो ।

प्रहरी महानिरीक्षक कुंवरले छलफलमा आएका राय सुझावहरूलाई समेटी विधेयक सम्बन्धमा आगामी कार्यक्रम एवम् रणनीति तय गरिने बताएका छन् । छलफलमा सुरक्षा तथा न्याय अध्ययन केन्द्रको तर्फबाट पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याललेअध्ययन केन्द्रको काम कर्तव्यको बारेमा आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले विधेयक सम्बन्धमा नेपाल प्रहरीको तर्फबाट राय सुझाव दिन गठित समितिको तर्फबाट प्रस्तुतीकरण दिएका थिए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : ५६ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति