स्लोभाकियामाथि युक्रेनको पुनरागमन जित « Khabarhub

स्लोभाकियामाथि युक्रेनको पुनरागमन जित


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकप फुटबलमा युक्रेनले पहिलो जित निकालेको छ । शुक्रबार राति भएको समूह ‘इ’ को खेलमा स्लोभाकियालाई २–१ गोलले हराउँदै युक्रेनले जित निकालेको हो ।

युक्रेनका लागि मिकोला शापारेनरोमान यारेमचुकले एक–एक गोल गरेका थिए । यस्तै, स्लोभाकियाका इभान स्चारान्जले एक गोल गरेका थिए ।

खेलको १७औँ मिनेटमा स्लोभाकियाका इभानले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर युक्रेनका मिकोलाले ५४औँरोमानले ८०औँ मिनेटमा गोल गरेसँगै स्लोभाकिया पराजित हुन पुग्यो ।

यो जितसँगै युक्रेन दुई खेलबाट ३ अंकका साथ समूहको दोस्रो स्थानमा छ । पराजित भएको स्लोभाकिया ३ अंकसहित तेस्रो स्थानमा छ ।

अब युक्रेनले समूह चरणको अन्तिम खेल जुन २६ मा बेल्जियमसँग र स्लोभाकियाले रोमानियासँग खेल्ने छन् ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ६ : ०१ बजे

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,