युरोकप २०२४ : बेल्जियमको पहिलो जित « Khabarhub

युरोकप २०२४ : बेल्जियमको पहिलो जित


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १७औँ संस्करणको युरोकप फुटबलमा बेल्जियमले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न समूह ‘ई’ को खेलमा रोमानियालाई २–० गोलले हराउँदै बेल्जियम विजयी भएको हो ।

बेल्जियमको जितमा युरी टिलेमन्स र केभिन डी ब्रुएनाले एक–एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा टिलेमन्सले बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै ६३औँ मिनेटमा रोमेलु लुकाकुले गोल गरे पनि भीएआरले त्यसलाई मान्यता दिएन । त्यसपछि ८०औँ मिनेटमा ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २–० गोलको जित दिलाए ।

यो जितसँगै बेल्जियम ३ अंकका साथ समूहको दोस्रो स्थानमा छ । पराजित भएको रोमानिया तीन अंकसहित शीर्षस्थानमा छ । यसअघिको खेलमा बेल्जियम स्लोभाकियायासँग पराजित भएको थियो भने रोमानियाले युक्रेनलाई हराएको थियो ।

समूह ‘ई’ मा रहेका स्लोभाकिया र युक्रेन पनि ३–३ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् । यो समूहबाट चारवटै टोली अन्तिम १६ मा पुग्ने प्रतिस्पर्धामा छन्।

अब २६ जुनमा स्लोभाकिया र रोमानिया तथा युक्रेन र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।

यो पनि…
पोर्चुगल युरोकपको अन्तिम १६ मा
युरोकप २०२४ : जर्जिया र चेक गणतन्त्रको बराबरी

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ७ : ५० बजे

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा